नेभिगेशन
राजनिति

एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीद्धारा बझाङमा प्रदर्शन 

बझाङ : नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बझाङले एमसीसी सम्झौताको विरुद्ध विरोधमा प्रदर्शन गरेको छ । सोमबार दिउँसो अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा सदरमुकाम चैनपुरमा प्रदर्शन गरेका छन् ।

 संयुक्त राज्य अमेरिकाद्वारा नेतृत्व गरिएको हिन्द–प्रशान्त रणनीतिको अङ्गका रूपमा रहेको एमसीसी परियोजना र नेपाल सरकारबीच भएको भनिएको सम्झौताले नेपाललाई फसाउने षड्यन्त्र गरिरहेको भन्दै विप्लव समुहले विभिन्न समयमा संघर्षका कार्यक्रम सार्वजनिक गर्दै आन्दोलन जारी राखेको छ । 

उत्तर साम्राज्यवाद र एकाधिकार पुँजीवाद र आर्थिक, वैचारिक र राजनीतिक सङ्कटबाट गुज्रिरहेको र सैन्य युद्धका रूपमा अभिव्यक्त भएकोले एमसीसी राष्ट्रहित विपररित रहेको नेकपाको ठहर छ । 

प्रदर्शनमो बैदेशिक हस्तक्षेप बन्द गर, अमेरिकि सम्राज्यवाद मुर्दावाद, ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘एमसीसी परियोजना खारेज गर’ लगायतका नारा लगाएर सदरमुकाम परिक्रमा गरेका छन । राष्ट्रलाई आघात पुग्ने निर्णय नगर्न पनि खबरदारी गरिएको नेकपा बझाङले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै