नेभिगेशन
सुदूरपश्चिम

सार्वजनिक सुनुवाईको माग राख्दै जयपृथ्वी नगरपालिका -६ को वडा कार्यालयमा तालाबन्दी

बझाङ : आर्थिक वर्ष वितिसक्दा समेत सार्वजनिक सुनुवाई नभएको भन्दै जयपृथ्वी नगरपालिका -६ का युवाहरु संगठित भइ सोमवार वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

 वडामा आएको बजेट अर्कै शिर्षकमा रकमान्तर गरी दुरुपयोग भएको भन्दै बझाङको जयपृथ्वी नगरपालिका ६ नं.वडा नौराका युवाहरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । 

वडापालिकाले आर्थिक वर्ष वितिसक्दा समेत वडाको सार्वजनिक सुनुवाई नगरेको र वडाको केही बजेट रकमान्तर गरि गाउँको सहकारीमा लगानी गरेकाले यसको लेखाजोखा माग्न वडा कार्यालयमा तालाबन्दी गरेको युवाहरुले बताएका छन् । 

वडा कार्यालयले आमधारा कृषि सहकारीको जीपमा लगानी गरेको बजेट फिर्ता गर्नु पर्ने, वडाको सार्वजनिक सुनुवाई गरिनुपर्ने र आगजनी भएको सहकारीको जिप चाडो सञ्चालनमा ल्याउनुपर्ने, दोषीलाई चाडोभन्दा चाडो कार्वाहीको दायरामा ल्याउनु पर्ने जस्ता मागहरु राख्दै युवाहरुले वडा कार्यालय तालाबन्दी गरेको स्थानीय देबेन्द्रबहादुर सिंहले जानकारी दिए । सार्वजनिक सुनुवाई नभएसम्म वडा कार्यालयमा लगाएको ताला नखोल्नेसमेत उनले जानकारी दिए ।  

गाउँमा सेवा दिदै आएको एकमात्र आमधारा कृषि सहकारीको जिप सहकारीका पदाधिकारीले अन्य गाउँका व्यक्तिलाई भाडामा दिने निर्णय गरेपछि एक साता अघि अज्ञात समुहले उक्त सहकारीको जिपमा आगजनी गरेका थिए । 

जिपमा आगजनी भएपछि गाउँमा खाद्यान्न लगायतका समानहरु ढुवानी गर्ने असहज भएको भन्दै सहकारीको जिप छिटो सञ्चालनमा ल्याउनुपर्ने युवाहरुको माग छ । पटक-पटक वडाको सार्वजनिक सुनुवाईको माग राख्दा समेत वडा अध्यक्ष नरेन्द्र बहादुर सिंहले अटेर गर्दे आएको स्थानीयको गुनासो छ । 

वडा कार्यालयले गाउँमा बिजुली बत्तीको लागि आएको केही रकम पनि सहकारीको जिपमा लगानी गरेको तर सहकारीको जिपले चर्को भाडा असुल्दै गाउँमा सेवा दिइरहेको समेत युवाहरुको गुनासो छ । 

जयपृथ्वी नगरपालिका ६ नम्बर वडास्थित आमधारा कृषि सहकारीको जिपमा आगजनी गर्ने व्यक्तिको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । यस अघि पनि वडाको बजेट अनियमिता भएको भन्दै पहिलो पटक तालाबन्दी भएको थियो भने यस पटक पनि उक्त वडामा तालाबन्दी गरिएको यो दोस्रो पटक हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै