नेभिगेशन
सुदूरपश्चिम

लगातारको बर्षाले बझाङमा लघुजलविधुतको पावरहाउस बगायो

बझाङ बझाङको मष्टा गाउँपालिका – ५ द्वारीमा विहिबार राती परेको अविरल बर्षाका कारण आएको बाढीले लघुजलविधुतको भवन बगाएको छ । जिल्लाको मष्टा गाउँपालिका – ५ द्वारीमा रहेको द्वारीगाड लघुजलविधुत आयोजनाको भवन बगाएको हो । करिब १ करोड लागतमा निर्माण सम्पन्न भएको ४२ किलोवाट क्षमता रहेको द्वारीगाड लघुजलविधुत आयोजना द्वारी गाउँका करिब ५सय घरधुरीले बाल्ने द्वारीगाड लघुजलविधुतको भवन केहि समय संचालनमा आए पनि प्राविधिक समस्याका कारण विचमा अवरुद भएको र हाल निर्माण कार्य चलिरहेको बेला एकाएक परेको अविरल बर्षाले भवन नै आधा बगाई दिएको स्थानिय उब्जन बोहराले जानकारि दिए ।  

बाढीले स्थानिय गिरिस कठायतका खेत र घट्टहरु समेत बगाएको छ । द्वारीगाउँकै वारिपारी जोड्ने काठेपुल बगाउदा आवतजावतमा समेत समस्या भएको छ । आवतजावतमा समस्या हुँदा शुक्रबार काठेपुल हाल्ने क्रममा खोलाले बगाएर तिनजना घाईते भएका छन । घाईते हुनेमा सोहि गाउँका ४२ बर्षिया नर बहादुर बोहरा, ५५ बर्षिय वडा अध्यक्ष कम्मान बोहरा, ६५ बर्षका रिउल्या कठायत रहेका छन । दुईजनाको अवस्था सामान्य रहेको छ । नर बहादुर बोहराको कम्मरमा गम्भिर चोट लागेकाले थप उपचारको लागि नेपालगन्ज पठाइएको जिल्ला अस्पताल सिमखेतका प्रमुख डा. सन्दीप ओखेडाले बताए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...