नेभिगेशन
विदेश

श्रीलंकामा नयाँ वर्ष मनाउन स्वास्थ्य मापदण्ड सार्वजनिक

श्रीलंकामा अर्को मंगलबार र बुधबार सिन्हाला र तमिल नयाँ वर्ष मनाइँदै छ, आठ नियम पालना गरी सर्वसाधारणलाई नयाँ वर्ष मनाउन सेनाको आग्रह

श्रीलंकाका सेना प्रमुख शभेन्द्र सिल्भाले नयाँ वर्ष मनाउँदा कोरोना भाइरसबाट जोगिन अनिवार्य रूपमा स्वास्थ्य मापदण्ड ख्याल गर्न आग्रह गरेका छन्। दक्षिण एसियालगायत एसियन देशमा कोरोना भाइरसको महामारी फैलिँदै गइरहेका कारण केही दिनपछि सुरु हुने नयाँ वर्ष उत्सवमा श्रीलंकाली जनतालाई कोभिड–१९ का सबै नियम पालना गर्न सेना प्रमुख सिल्भाले सोमबार आग्रह गरेका हुन्। कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गठन भएको राष्ट्रिय कार्यदलका प्रमुखसमेत रहेका सिल्भाले नयाँ वर्ष मनाउने नाममा देशमा ठूलो क्षति हुन सक्ने भनी सबैको ध्यानाकर्षण गराएका छन्। 

उनका अनुसार जनताले नयाँ वर्ष मनाउन आठ नियम पालना गर्नुपर्छ। सरकारले सोमबार जारी गरेको निर्देशिकाअनुसार नयाँ वर्ष मनाउन सिल्भाले अनुरोध गरे। यस अवधिमा निर्देशिका कडाइका साथ कार्यान्वयन हुने उनले बताएका छन्। घरबाट बाहिर निस्केपछि पूरै समय सबैले मुखमा मास्क लगाउनुपर्ने, भिडभाडमा जान नहुने, आफूले पनि भिडभाड गर्न नहुने निर्देशिकामा उल्लेख गरिएको छ। त्यसैगरी, सामाजिक दूरी कायम गर्नुपर्ने, हातमा सेनिटाइजर लगाइरहनुपर्ने वा साबुनपानीले निरन्तर हात धोइरहनुपर्नेलगायतका मापदण्ड पनि निर्देशिकामा समावेश गरिएको सेना प्रमुख सिल्भाले जानकारी दिएका छन्।

श्रीलंकामा अर्को मंगलबार र बुधबार सिन्हाला र तमिल नयाँ वर्ष मनाइँदै छ। नयाँ वर्ष मनाउने क्रममा शुभकामना आदानप्रदान गरिने, एकै ठाउँमा धेरैजना भेला हुने, नाचगान गरिने, सँगसँगै खानपिन गतिविधि गरिने भएकाले उनले सतर्कता अपनाउन आग्रह गरेका हुन्। श्रीलंकामा कोरोनाका कारण अहिलेसम्म ९५ हजार १३१ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ, जसमध्ये दुई हजार ९०२ जना अझै पनि गम्भीर अवस्थामा छन्। कोरोनाका कारण पाँच सय ९८ जनाको मृत्यु भइसकेको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप विदेश
टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन

टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन

 भारतको प्रतिष्ठित व्यापारिक घराना टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन भएको छ ।
भारतमा  धार्मिक स्नान  गर्दा गर्दै  ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गयो

भारतमा धार्मिक स्नान गर्दा गर्दै ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गयो

पूर्वी भारतमा हिन्दू पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गएको छ ।
पुटिनको आणविक हतियार प्रयोगको धम्कीलाई युरोपेली सङ्घले अस्वीकार गर्‍यो

पुटिनको आणविक हतियार प्रयोगको धम्कीलाई युरोपेली सङ्घले अस्वीकार गर्‍यो

युरोपेली सङ्घ (ईयू) ले युक्रेनले ठूलो हवाई आक्रमण गरेमा आफूले आणविक प्रतिक्रिया दिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको योजनालाई लापरवाहीपूर्ण र गैरजिम्मेवार भन्दै अस्वीकार गरेको छ ।
ऋणमाथि ऋण थप्दै पाकिस्तान, अन्तर्राष्ट्रिय मुद्रा कोषबाट थप ७ अर्ब अमेरिकी डलर लिने

ऋणमाथि ऋण थप्दै पाकिस्तान, अन्तर्राष्ट्रिय मुद्रा कोषबाट थप ७ अर्ब अमेरिकी डलर लिने

 अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) ले पाकिस्तानलाई ७ अर्ब डलर ऋण दिने भएको छ ।
भर्खरै