नेभिगेशन
सुदूरपश्चिम

सेती नदीले खतराको सतह पार गर्‍यो, पानकोट पुलसहित दुई भवन जोखिममा

बझाङ : सेती नदीले खतराको सतह पार गरेको छ । सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानीले खतराको सतह पार गरेको हो । नदीमा पानीको बहाब बढेसँगै नदी किनारामा कटान सुरु गरेको छ । कटानका कारण नदी किनाराका बस्ती र उर्बर भूमी जोखिममा परेका छन् । 

नदीमा बाढी आएकाले भर्खरै निर्माण सम्पन्न चैनपुर-पानकोट जोड्ने मोटरेबल पानकोटमा रहेका ओम शान्ती र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवन पनि जोखिममा परेका छन् ।  पुल, दुबै भवनको मुनीबाट नदिले कटान गरिसकेको छ । केही ठूला ढुङ्गाका कारण मात्रै भवनसम्म पहिरो फुट्न सकेको छैन । 

प्रशासनले ढूङ्गा फुटाउने डोजर लगाएर नदीको बहाब बीचमा लगाउन मेसिन खोज्दा नभेटिएको प्रमुख जिल्ला अधिकारी मोहनराज अधिकारीले बताए ।

प्रमुख जिल्ला अधिकारी मोहनराज अधिकारीले नदीमा बाढीले खतराको सतह पार गरेको सूचना आएको बताए । ‘तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेका छौं,’ उनले भने ।

उनका अनुसार जिल्लाका जयपृथ्वी नगरपालिका, छबिसपाथिभेरा गाउँपालिका, थलारा गाउँपालिका, दुर्गाथली गाउँपालिका र केदारस्युँ गाउँपालिकाका नदी किनाराका बस्तीलाई सतर्क रहन अनुरोध गरिएको छ । यस समयमा दाउरा काठ उतार्ने, माछा मार्ने जस्ता कार्य पनि नगर्न प्रशासनले आग्रह गरेको छ । 

जयपृथ्वी राजमार्ग अझै खुलेन 
निरन्तर बर्षातका कारण ठाउँ-ठाउँमा अवरुद्ध जयपृथ्वी राजमार्ग अझैं खुल्न सकेको छैन । बुधबार रातिदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग नखुल्दा लामो तथा छोटो दुरीका सवारी साधन अलपत्र परेका छन् । हालसम्म जयपृथ्वी राजमार्ग अन्तर्गत जयपृथ्वी नगरपालिका -७ कचाली खोला, माल्नालाग्ने भीर, छबिसपाथिभेराको बालुवाटार लगायतका ठाउँमा पहिरो आएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

विघुत पनि अवरुद्ध 
वर्षातका कारण बझाङमा राष्ट्रिय प्रसारण लाइनको विघुत पनि अवरुद्ध भएको छ । विभिन्न ठाउँमा सडक छेउका पोलमा ढुङ्गा लागेर विघुत आपुर्ती बन्द भएको नेपाल विघुत प्राधिकरण वितरण केन्द्र बझाङले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै