नेभिगेशन
समाज

बढीपहिरोबाट देशभर ११ को मृत्यु, २५ जना बेपत्ता

गृह मन्त्रालयका अनुसार ३१ जेठदेखि शुक्रबार बिहानसम्म ११ जनाको मृत्यु भएको हो। जसमध्ये सात जनाको सनाखत भएको र चार जनाको सनाखत हुन बाँकी रहेको छ।

बाढीपहिरोमा परेर सिन्धुपाल्चोकमा तीन, बाजुरा, गोरखा, पाल्पा, डोटी, जुम्ला, अर्घाखाँची, कास्की र काभ्रेमा एक–एक जनाको ज्यान गएको छ।

यस्तै बिभिन्न जिल्लामा बाढीपहिरोमा परेर २५ जना बेपत्ता भएका छन्। सबैभन्दा बढी सिन्धुपाल्चोकमा १५ जना बेपत्ता रहेका छन्।

वर्षा र हावाहुरीका कारण जाजरकोटको चार हजार ८०० मिटरको उचारमा रहेको जलजला पाटनमा सात जना हराइरहेका छन्। यस्तै बाजुरा, प्यूठान, अर्घाखाँचीमा एक–एक जना बेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ।

अहिलेसम्म ११ जना घाइते रहेको र उनीहरूको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ। केही घाइतेलाई सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडौँ ल्याइएको छ।

अहिले राहत, खोज तथा उद्धार कार्य जारी रहेको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङले जानकारी दिए। बिहीबार हेलिकोप्टरमार्फत मनाङमा समेत राहत पुर्‍याइएको छ।

बाढीपहिरोबाट घर पनि क्षति भएका छन्। गृह मन्त्रालयको तथ्यांक अनुसार बिभिन्न जिल्लामा १२९ घर पूर्ण र ११४ घरमा आंशिक क्षति पुगेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै