नेभिगेशन
समाज

हावाहुरी चलेर जाजरकोटको कुशे पाटनमा ७ जना बेपत्ता

जाजरकोट : हावाहुरीमा परेर कुशे पाटनमा ७ जना बेपत्ता भएका छन् । भेँडा, बाख्रा, गाईं, भैंसी लगायत पाटन छाड्न गएका कुशे गाउँपालिका ८ र ९ का ७ जना स्थानीय पाटनको जलजलाबाट बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा कुशे ८, औलरिजाका ३५ वर्षीय डिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीय च्रन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीमबहादुर खड्का, १० वर्षीय धनसरा खड्का र कुशे ९ का ४० वर्षीय कृष्ण रोकाय छन् ।

पाटनमा पशुचौपाय छाड्न गएका उनीहरु गत मंगलबारदेखि हावाहुरीमा परेर जलजलाबाट बेपत्ता भएका हुन् । गाईं, भैंसी, भेँडा लगायतका पशुचौपाय लिएर ११ जना गत जेठ ३१ गते पाटन पुगेका थिए । जसमध्ये २४ वर्षीय भक्तबहादुर रोकाय, १० वर्षीय ईश्वर रोकाय, १४ वर्षीय दुर्गा रोकाय र ५५ वर्षीय गंगा रोकाय घर फर्केको र अन्य ७ जना पाटनमै बैपत्ता भएको प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले बताए । तीन दिनपछि पाटनबाट फर्केका कुशे–९ पैंकका भक्तबहादुर रोकायले प्रहरी चौकी पैंकमा खबर गरेपछि घटनाबारे थाह भएको प्रनाउ थापाले बताए ।

बेपत्ता भएकाको खोजी गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीसहित ७ जनाको प्रहरी टोली पाटनतर्फ गएको प्रहरी प्रमुख थापाले बताए । घटनास्थल रहेको कुशे हिमालको जलजला पाटनमा पुग्न प्रहरी चौकी पैंकबाट दुई दिन पैदल हिँड्नु पर्ने उनले बताए ।

भारी वर्षात् र हावाहुरीका कारण पाटनमा पुगेर बेपत्ताको खोजी गर्न कठिनाई रहेको उनले बताए । प्रतिकूल मौसम, हाइ अल्टीच्युट, कठिन भूगोल, टेलिफोन सुविधा नहुनुलगायत कारण बेपत्ताको खोजी गर्न चुनौती भएको उनको भनाइ छ । स्थानीय र प्रहरी टोली कुशे हिमालको फेदीमा पुगेको र हावाहुरी तथा चट्याङका कारण लेक चढ्न नसकेको उनी बताउँछन् ।

हावाहुरी (वौका) र चट्याङले कुशे पाटनमा १० भैंसी, २२ गाई र ५५ भेँडाबाख्रा मरेका छन् । कुशेमा टेलिफोनको नेटवर्क नहुँदा बुधबार रातिमात्रै घटनाबारे खबर आएको थापाले बताए । कुशे गाउँपालिकाका स्थानीयले जेठदेखि भदौ महिनासम्म हजारौं पशुचौपाय चरीचरणका लागि कुशे पाटनमा राख्ने गर्दछन् । भेडा बाख्रा लगायत पशु चौपाय चरीचरण गर्ने कुशे पाटन ४ हजारदेखि ४ हजार ८ सय मीटरको उचाईमा रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै