नेभिगेशन
मल्टिमिडिया

बझाङमा बिहीबार मध्यरातीदेखि नेपाल टेलिकमको फोन र इन्टरनेट सेवा अवरुद्ध

बझाङ : बझाङमा बिहीबार मध्यरातीदेखि नेपाल टेलिकमको फोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । निरन्तरको झरिले नेपाल टेलिकमको रिले टावरमा ब्याट्री डाउन हुँदा सेवा अवरुद्ध भएको हो ।

बझाङमा नेपाल टेलिकमको डडेल्धुरा टावरबाट केदारस्युँ गाउँपालिकाको केदार डाँडा हुँदै खप्तडछान्ना र थलारा गाउँपालिकाको सिमाना बान्तालेकको रिपिटर टावर हुँदै चैनपुरको मुख्य टावर मार्फत सेवा प्रदान गरिदै आएको छ ।

केदार र बान्तालेकमा सोलार प्रविधि मार्फत टेलिकमका टावर सञ्चालन भइरहेका हुँदा घाम नलाग्दा यस्तो समस्या आएको हुन सक्ने नेपाल टेलिकम बझाङ शाखाले जनाएको छ । 

फोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा बझाङबासी मर्कामा परेका छन् । यस्तै थलारा, खप्तडछान्ना, छबिसपाथिभेरा, वित्थडचिर, बुंगल, केदारस्युँ गाउँपालिकामा मनसुन सुरु भएकै दिनबाट सेवा अवरुद्ध हुँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप मल्टिमिडिया
विश्वका चर्चित ड्रोन कम्पनीहरू: भविष्य निर्माणमा योगदान पुर्याउँदै

विश्वका चर्चित ड्रोन कम्पनीहरू: भविष्य निर्माणमा योगदान पुर्याउँदै

हालका वर्षहरूमा, ड्रोन उद्योगले ठूलो फड्को मारेको छ।
स्मार्टफोनको बिकल्प किन बन्दैछ फिचर फोन ?

स्मार्टफोनको बिकल्प किन बन्दैछ फिचर फोन ?

एक समय थियो जब मानिसहरूलाई स्मार्टफोन थाहा थिएन र फिचर फोनमा पूरै दिन बिताउने गर्थे ।
बझाङमा फाइबर ब्रेक हुँदा इन्टरनेट र फोन सेवा अवरुद्ध

बझाङमा फाइबर ब्रेक हुँदा इन्टरनेट र फोन सेवा अवरुद्ध

नेपाल टेलिकमको फाइबर ब्रेक हुँदा आज दिउँसोदेखि नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवा र फोन सेवा अवरुद्ध भएको छ ।
भारतीय चलचित्र लेखकले भने : सन् १९०३ अघि नेपाल भारतकै अंश थियो

भारतीय चलचित्र लेखकले भने : सन् १९०३ अघि नेपाल भारतकै अंश थियो

भारतीय चलचित्र ‘आदिपुरुष’ का पटकथा लेखक मनोज मुन्तशिरले सीताको जन्म र नेपालको राष्ट्रियतालाई लिएर विवादित प्रतिक्रिया दिएका छन् ।
भर्खरै