नेभिगेशन
राजनिति

अनेरास्ववियुको राहत वितरणमा माओवादी हस्तक्षेप, विद्यार्थी संगठनबीच झडप

काठमाडौं : मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झडप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण गरिरहेका बेला माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीले हस्तक्षेप गर्न खोजेपछि झडप भएको हो ।

राहत वितरण भइरहेको ठाउँमा गएर अखिल क्रान्तिकारीका नेताहरुले जबरजस्त अनेरास्ववियुको ब्यानर झिकेर आफ्नो ब्यानर राख्न खोजेपछि स्थिति तनावपूर्ण भएको अनेरास्ववियुका स्थायी कमिटी सदस्य चन्द्र थिङले बताए ।

अखिल क्रान्तिकारीका जिल्ला नेताद्वय तोकबहादुर लामा, क्षितिज लामा, वाइसियल जिल्ला सचिव प्रल्हाद चौलागाईँलगायतका माओवादी कार्यकर्ताले जबरजस्त राहत वितरण विथोल्न खोजेपछि झडपको स्थिति आएको हो । ‘राहतको नाममा अनेरास्ववियुले राजनीति गरेको’ भन्दै माओवादी कार्यकर्ताले ब्यानर झिक्न खोजेको र अनेरास्ववियु प्रतिकारमा उत्रेपछि केहीबेर दोहोरो झडप भएको थिङको भनाइ छ ।

करिब आधा घण्टा झडप भएपछि प्रहरीले स्थितिलाई साम्य बनाएको थियो । अनेरास्ववियुको केन्द्रीय टोली बुधबार राहत सामग्री लिएर मेलम्ची पुगेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै