नेभिगेशन
समाज

सिन्धुपाल्चोक बाढी अपडेट : १३ जना अझै बेपत्ता, ८० जनाको उद्धार, ३ जनाको शव भेटियो

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा अझै १३ जना हराइरहेका छन् । हराइरहेकाहरूको खोजी कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएकाे छ । 

अहिलेसम्म तीन जनाको शव भेटिएकोमा दुई जना चिनियाँ नागरिक र एक जना भारतीय नागरिक रहेका सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो । ज्यान गुमाउने तीनै जना मेलम्ची खानेपानी आयोजनामा कार्यरत रहेका उहाँले बताउनुभयो । 

यस्तै अहिलेसम्म ८० जनाको उद्धार भएको छ । घाइते भएका पाँच जनामध्ये दुई जना डिस्चार्ज भएका छन् भने तीन जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । 

अहिले मेलम्ची नदीमा पानीको सतह घटेपछि केही राहत भएको छ । पानी पर्न कम भएपछि उद्धार र राहत टोलीलाई पनि सजिलो भएको छ । पानी पर्न रोकिएपछि आज नेपाली सेनाको एउटा हेलिकप्टरले हेलम्बुमा खाद्यान्नसहित राहत सामग्री पुर्‍याएको थियो । 

बाढी र पहिरोपछि हेलम्बु र मेलम्चीमा बिजुलीको आपूर्ति ठप्प भएको छ । बत्ती नहुँदा सञ्चार सम्पर्क विच्छेद भएको छ । हेलम्बु गाउँपालिका १ मा रहेको मेलम्ची खानेपानीको मुख्य हेडवर्क्समाथि पहिरो जाँदा नदी थुनिएको र पछि त्यो बाँध फुट्दा बाढी आएको थियो ।

बाढीले सुरुमा हेलम्बुको तिम्बु बजार बगाउन सुरु गरेको थियो । त्यस्तै पाँचपोखरी गाउँपालिका–३ को भोताङको लार्केबाट पनि त्यही बेला बाढीको बहाव सुरु भएको र दुवै खोला मेलम्चीमा मिसिँदा ठूलो क्षति हुन पुगेको स्थानीयवासीले बताएका छन् । बाढीका कारण मेलम्ची–हेलम्बु र मेलम्ची–भोताङको सडक सञ्जाल सम्पर्क विच्छेद भएको छ । बाढीका कारण मेलम्ची बजार बगरमा परिणत भएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै