नेभिगेशन
विदेश

चीनले नयाँ अन्तरिक्ष स्टेशनमा बस्ने गरी तीन अन्तरिक्ष यात्री पठायो

काठमाण्डाैं : चीनले आफ्नो नयाँ अन्तरिक्ष स्टेशनमा बस्ने गरी तीन जना अन्तरिक्ष यात्रीलाई पठाएको छ । चिनियाँ लङ मार्च टूएफ रकेटको टुप्पोमा रहेको सेन्झाउ–१२ नामको यात्रुवाहक यानमार्फत् उनीहरू अन्तरिक्षमा प्रस्थान गरेका हुन् । बेइजिङकाे समयअनुसार बिहान गोबी मरुभूमिमा रहेका भूउपग्रह प्रक्षेपण केन्द्रबाट रकेट प्रक्षेपण गरिएको बीबीसीले जनाएको छ ।

चीनले पठाएको तीन अन्तरिक्ष यात्री निह हाइसङ, लिउ बोमिङ र थङ होङ्बोले पृथ्वीबाट तीन सय ८० किलोमिटरमाथि रहेको तियन्गोङमा तीन महिना बिताउने  बीबीसीमा उल्लेख छ । पाँच वर्षपछि अन्तरिक्षमा यात्री पठाएको चीनले लामो समयका लागि यात्री पठाएको भने यो पहिलो पटक हो ।

यसलाई चीनको बढ्दो अन्तरिक्ष क्षमताको रूपमा हेरिएको छ । गएको छ महिनामा चीनले चन्द्रमाबाट चट्टान र माटोको नमुना ल्याएको छ र मङ्गल ग्रहमा अन्तरिक्ष यान उतारेको छ । यी दुवै काम जटिल र चुनौतीपूर्ण भएको खबरमा भनिएको छ  । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा अमेरिकाको नेतृत्वमा रुस, युरोप, क्यानडा र जापान समावेश छन् । चीनले आफ्नो अन्तरिक्ष स्टेशनमा अन्य देशलाई सहभागी गराउन आफू तयार रहेको बताएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप विदेश
टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन

टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन

 भारतको प्रतिष्ठित व्यापारिक घराना टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन भएको छ ।
भारतमा  धार्मिक स्नान  गर्दा गर्दै  ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गयो

भारतमा धार्मिक स्नान गर्दा गर्दै ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गयो

पूर्वी भारतमा हिन्दू पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गएको छ ।
पुटिनको आणविक हतियार प्रयोगको धम्कीलाई युरोपेली सङ्घले अस्वीकार गर्‍यो

पुटिनको आणविक हतियार प्रयोगको धम्कीलाई युरोपेली सङ्घले अस्वीकार गर्‍यो

युरोपेली सङ्घ (ईयू) ले युक्रेनले ठूलो हवाई आक्रमण गरेमा आफूले आणविक प्रतिक्रिया दिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको योजनालाई लापरवाहीपूर्ण र गैरजिम्मेवार भन्दै अस्वीकार गरेको छ ।
ऋणमाथि ऋण थप्दै पाकिस्तान, अन्तर्राष्ट्रिय मुद्रा कोषबाट थप ७ अर्ब अमेरिकी डलर लिने

ऋणमाथि ऋण थप्दै पाकिस्तान, अन्तर्राष्ट्रिय मुद्रा कोषबाट थप ७ अर्ब अमेरिकी डलर लिने

 अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) ले पाकिस्तानलाई ७ अर्ब डलर ऋण दिने भएको छ ।
भर्खरै