काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिको आकांक्षा पूरा गर्न नयाँ सरकार अपरिहार्य भएको बताएका छन् । बुधबार नयाँ अवसरको अवसरका शुभकमना दिँदै उनले नयाँ सरकार निर्माणका लागि एकजुट हुन आह्वान पनि गरेका छन् ।
“प्रतिक्रियावादी षड्यन्त्र चकनाचुर पार्न, देशलाई अग्रगतिमा लैजान र जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्न नयाँ सरकार गठन अपरिहार्य भएको छ । प्रतिगामी कदमविरुद्ध संघर्षरत् सबै पक्षहरुलाई संघर्षका निम्ति मोर्चा बनाई एकताबद्ध पहलकदमीका साथ नयाँ सरकार निर्माणका लागि एकजुट हुन आह्वान पनि गर्दछु,” विज्ञप्तिमा भनिएको छ ।
उनले नेकपा एमाले र माओवादीबीचको एकतालाई प्रतिगामी र प्रतिक्रियावादीहरुले षड्यन्त्रमूलक ढंगले विभाजन गरेको जिकिर पनि गरेका छन् । कम्युनिस्ट आन्दोलनको एकताको झन्डालाई फेरि पनि माथि उठाउनुपर्ने उनको भनाइ छ ।