नेभिगेशन
समाज

तत्काल ४० लाख डोज खोप ल्याउने तयारी : निषेधाज्ञा खुकुलो बनाउने, केही देशको हवाई उडान फेरि सञ्चालन गर्ने

काठमाण्डाैं : सरकारले चीनबाट तत्काल ४० लाख डोज खोप ल्याउने गृहकार्य थालेको छ । साउनदेखि  खोप आउन थाल्ने र प्रक्रिया सुरु गर्ने तयारी भइरहेको स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जानकारी दिनुभयो । हिजो बसेको कोभिड–१९ व्यवस्थापन निर्देशन समितिको बैठकमा खोप ल्याउने विषयमा छलफल भएको छ ।

बैठकले नागरिकको जनजीविकालाई ध्यानमा राखेर निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने निर्णयसमेत गरेको छ । बैठकले वैदेशिक रोजगारीमा गएर नेपाल फर्कन चाहेका तर विभिन्न कारणले होटल क्वरेण्टीनमा बस्न नसक्नेहरुका लागि आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशन समितिको बैठकले १५ दिन होटल क्वरेण्टीनमा बस्नुपर्नेहरुका लागि १० दिनसम्मको खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको हो ।

यस्तै मलेसिया, जापानलगायत देशहरुसँग हवाई सेवा खुकुलो बनाउने निर्णय पनि भएको स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जानकारी दिनुभयो । समितिको बैठकले नेपाली श्रमिक धेरै रहेका टर्की, कतार, साउदी अरेबिया, यूएई, जापान र मलेसियालगायत देशहरुमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको मन्त्री तामाङले बताउनुभयो ।

यी देशहरुबाट हप्तामा दुई हजार जना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुने उहाँको भनाइ छ । यस्तै बैठकले गैरआवासीय नेपालीहरुबाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने एवं इजरायल सरकारबाट सहयोग स्वरुप दिन लागिएको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय पनि गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै