नेभिगेशन
सुदूरपश्चिम

जयपृथ्वी राजमार्ग पुन: अवरुद्ध, मेल ढाँगा र कचाली खोलामा पहिरो

बझाङ : जयपृथ्वी राजमार्ग पुन: अवरुद्ध भएको छ । खोड्पे-बझाङ जयपृथ्वी राजमार्ग अन्तर्गत तमैल नजिकको मेल ढाँगा र कचाली खोलामा पहिरो आउँदा राजमार्ग पुन: अवरुद्ध भएको हो । दुबै ठाउँमा पहिरो आउने क्रम नरोकिएको र पानी परिरहेको हुँदा राजमार्ग खुलाउन असहज भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार सडक खुलाउन डोजर तयारी अवस्थामै भए पनि पानी नरोकिदा सडक सुचारु गर्न असहज भएको हो । यी दुबै ठाउँ करिब एक सय मिटर प्रभावित पार्ने गरि पहिरो आएको छ । यसअघि कचाली खोला र ढोल्यामोडमा पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको थियो । 

निरन्तर पहिरो किन ?
अघिल्ला बर्षहरुको तुलनामा यस वर्ष जयपृथ्वी राजमार्ग बढी अवरुद्ध हुने गरेको छ । पछिल्लो चार दिन यता राजमार्ग ६ पटक अवरुद्ध भएको छ । यस वर्ष सडक चाैडा पार्ने काम र घुम्ती चाैडा पार्ने काम भएको हुँदा पहिरोको जोखिम बढेको सडक डिभिजन कार्यालय बैतडीले जनाएको छ । सडक खुलाउने प्रयास भए पनि दोहोरिएर पहिरो जाने गरेका कारण सडक स‌चालनमा ल्याउन नसिकएको हो । लगातार बर्षा भईरहेको र बेला बेला पहिरो खस्ने क्रम नरोकिएकाले जोखिम रहेको डिभिजन कार्यालय बैतडीका प्रमुख बताए । उनले भने पहिरो पन्छाउनका लागि प्रयास त भएको छ । तर लगातारको बर्षाका कारण काम गर्न जोखिम छ । काम गर्दा गर्दै पहिरो खस्ने गरेको छ । बर्षा नरोकिए सम्म काम गर्न नसकिने उनको भनाई छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै