नेभिगेशन
सुदूरपश्चिम

कैलालीको ६ हजार हेक्टर वन क्षेत्रमा आगलागी

कैलालीमा ठूलो वन क्षेत्र आगलागीको चपेटामा परेको छ। डिभिजन वन कार्यालय धनगढीका अनुसार जिल्लाभर चैतमा मात्रै हालसम्म ६ हजार हेक्टरभन्दा बढी वन क्षेत्रमा आगलागी भएको छ। 

चुरे र तराईका वनमा दर्जनौँ ठाउँमा अहिले पनि आगलागी भइरहेको छ। वनमा डढेलो फैलँदै गए पनि सम्बन्धित निकायहरूबाट आगलागी नियन्त्रणका प्रयासहरू भएका छैनन्। डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले केही सातायता कैलालीमा करिब ६ हजार हेक्टर वनमा आगलागी भएको बताए। सबैभन्दा बढी चुरेको वनमा आगलागी भइरहेको उनले बताए। चुरेको आगलागी अहिले पनि नियन्त्र भएको छैन। चुरेसँग जोडिएका तराईका वनमा पनि आगलागीका घटना बढेका छन्।

चुरेसँगै जैविक विविधताले महत्वपूर्ण मानिने वसन्ता जैविकमार्ग र घोडाघोडी सीमसार क्षेत्रको वनका दर्जनौँ ठाउँमा आगलागी भएको छ। संरक्षणकर्मी हिरूलाल डँगौराले घोडाघोडी सीमसार क्षेत्रमा पर्ने वनमा आगलागी बढेको बताए। चुरे वन र भारतको दुधुवा नेसनलपार्कसँग जोडिएको वसन्ता जैविकमार्गका कैयौँ ठाउँमा आगलागी भएको उनले बताए। वसन्तमा एकपटक आगलागी भएर त्यही ठाउँमा पुनः अर्कोपटक आगलागी भइरहेको स्थानीयले बताएका छन्। आगलागीले ससाना विरुवा र बुट्यानहरू नष्ट हुनुका साथै वन्यजन्तु र चराचुरुंगीका वासस्थान नासिएका छन्। वन्यजन्तु र चराचुरुंगी लोप हुने अवस्थामा पुग्ने भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन्।

‘बर्सेनि बढ्दो आगलागीका कारण चराचुरुंगी लोप हुने अवस्थामा पुगेका छन्, वन क्षेत्र सखाप हुँदै गएको छ,’ संरक्षणकर्मी डँगौराले भने, ‘सीमसार, जैविकमार्गजस्तो संवेदनशील वन क्षेत्र आगलागीको चपेटामा परेको छ।’ आगलागी नियन्त्रणका लागि प्रभावकारी प्रयास नभएको संरक्षणकर्मीले बताएका छन्। कतिपय ठाउँमा सामुदायिक वनमा लागेको आगो स्थानीय उपभोक्ताले निभाउने प्रयास गरे पनि राष्ट्रिय वनमा लागेको आगो निभाउने प्रयास कतैबाट भएको छैन। साधनस्रोत र जनशक्तिको अभावले वनमा लागेको आगो निभाउन समस्या भएको वन कर्मचारीले बताएका छन्।

अग्नि नियन्त्रण गर्ने तालिमप्राप्त जनशक्ति नभएको डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत डबल बोहराले बताए। आवश्यक स्रोतसाधनहरू पनि पर्याप्त नरहेको उनले बताए। ‘हामीसँग ट्रेन्ड जनशक्ति छैन।’ उनले भने, ‘स्थानीय उपभोक्ता, सुरक्षाकर्मीको सहयोगमा आगो निभाउने प्रयास गरिरहेका छौँ।’ डिभिजन वनसँग दमकल र पानी बोक्ने ट्र्याक्टर नरहेको उनले बताए। सोमबार मात्र जिल्लाभर विभिन्न वन क्षेत्रमा एक दर्जनभन्दा बढी ठाउँमा आगलागी भइरहेको डिभिजन वनले जनाएको छ। वन कार्यालयका अनुसार दुई दिनअघि तीन दर्जनभन्दा बढी ठाउँमा आगलागी भइरहेको थियो।

मानवीय त्रुटि र गलत बुझाइले आगलागी
डिभिजन वन प्रमुख कँडेलले मानवीय त्रुटि र गलत बुझाइका कारण आगलागी हुने गरेको बताए। ‘नजानेर, नबुझेर वनमा आगो लगाउने चलन छ। आगलागीपछि घाँस पलाउँछ र गाईभैँसी चराउन सजिलो हुन्छ भन्ने गलत बुझाइ छ,’ उनले भने, ‘सिकारीले चोरी–सिकारी गर्न सहज होस् भनेर पनि आगो लगाउँछन्।’ 
आगलागीले वन र वन्यजन्तु विनाशमा ठूलो असर गर्ने कँडेलले बताए। पानी नपर्दा भएको खडेरीले यस वर्ष आगलागी बढेको हो। पानी नपरे वैशाख–जेठमा वनमा आगलागी अझै बढ्ने देखिन्छ। एक लाखभन्दा बढी वन क्षेत्र रहेको कैलाली गर्मीयाममा देशभरमै वनक्षेत्रमा सबैभन्दा बढी आगलागी हुने जिल्लामा पर्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...