नेभिगेशन
राजनिति

ओली र ठाकुरको राष्ट्रपतिलाई पत्र : देउवाको पक्षमा भएको हस्ताक्षरलाई मान्यता नदिइयोस्

काठमाडाैं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलका सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा गरेको हस्ताक्षरलाई मान्यता नदिन भन्दै राष्ट्रपतिलाई पत्र पठाउनुभएको छ ।

संसदीय दलको हैसियतमा प्रधानमन्त्री ओली र प्रमुख सचेतक विशाल भट्टराईले हस्ताक्षर गरेर पठाएको पत्रमा २६ जना सांसदलाई आफूहरूले कारबाहीकाे तयारी गरेको भन्दै उनीहरूको हस्ताक्षरलाई मान्यता नदिन उल्लेख गरिएको छ ।

एमालेको माधव नेपाल पक्षका केही सांसदले देउवाको नेतृत्वमा सरकार बनाउन भन्दै हस्ताक्षर गरेका छन् ।

यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले पनि देउवालाई समर्थन नगर्ने पार्टीको निर्णय विपरीत गएका १२ जना सांसदको हस्ताक्षरलाई मान्यता नदिन आग्रह गर्दै राष्ट्रपति कार्यालयमा पत्र पठाइएका छन् । 

केही सांसदले व्यक्तिगत रूपमा पनि आफूहरूको हस्ताक्षर दुरुपयोग भएको भन्दै शीतल निवासमा पत्र पठाइरहेका राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिनुभयो । राष्ट्रपति कार्यालयमा आइरहेकाे पत्र हेर्दा र दुवै पक्षको दाबी हेर्दा यसलाई टुङ्ग्याउन कठिन भइरहेको उहाँको भनाइ छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै