नेभिगेशन
राजनिति

योगेश भट्टराईले छोडे खनाल-नेपाल समूह

काठमाडाैं : एमाले नेता एवम् सांसद योगेश भट्टराईले खनाल-नेपाल समूह छोडेका छन्।

नेकपा हुँदै सुरु भएको विवादमा माधव नेपाललाई साथ दिँदै आएका नेता भट्टराईले नयाँ सरकार गठनको निर्णायक दिन नेपालको साथ छाडेका छन्।

पार्टीभित्र देखिएको अन्तरविरोधमा वरिष्ठ नेता खनाल र नेपाल समूहमा रहेका नेता भट्टराईले शुक्रबारदेखि यो समूह छोडेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै मन्त्री पदबाट राजीनामा दिएका भट्टराई अन्ततः ओली समूहमै फर्किएका छन्।

संविधानको धारा ७६ को उपधारा ५ अन्तरगतको सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा भट्टराईले हस्ताक्षर गरेका थिएनन्।


उनले सामाजिक सञ्जालमा स्टाटस राख्दै नेपाल समूह छोडेको संकेत गरेका छन्। पार्टी एकतालाई जोगाउन सकिन्छ कि, भनेर यस्तो निर्णय गरेको समेत उनले उल्लेख गरेका छन्। 

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सही गरेकी, गलत गरेँ इतिहासको कठोर मूल्याङ्कनमा खडा छु।' 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै