नेभिगेशन
जयपृथ्वी विशेष

किन गुमनाम प्रत्यक्षबाट निर्वाचित सुदूरपश्चिम प्रदेशकी एक्ली महिला सांसद मल्ल ?

भनिन्छ, ईतिहास संघर्ष गर्नेहरुको लेखिन्छ । तर कतिपय यस्ता पात्रहरु पनि यसबीचमा गुमनाम भइदिन्छन् । संघर्षरत गरिवी, अभाव, पीडा, संघर्ष र शोषण बिरुद्धको लामो र अविछिन्न संघर्षबीच गुमनाम छिन् देवकी मल्ल । २०३७ सालमा बझाङको साविक बाँझ गाविस ५ सैन्स्युँमा जन्मिएकी मल्ल हाल सुदूरपश्चिम प्रदेशसभा सदस्य हुन् । पार्टीको साधारण सदस्यदेखि प्रदेश सांसदसम्म आइपुग्दाको उनका संघर्षको कथा बेग्लै छ । बझाङ जिल्लाका कम्युनिस्ट आन्दोलनका एक कुशल योद्धा हुन् उनका बुबा स्वर्गीय धन बहादुर मल्ल । लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सहभागी मल्ल आर्थिक र कृषि क्रान्तीका लागि प्रेरणाको स्रोत थिए । कम्युनिष्ट पार्टीका कुशल सङ्गठक मल्लको हक्की र स्पष्टवक्ता स्वभावलाई धेरैले मन पराउँथे । सामाजिक क्षेत्रमा सक्रिय बुबाको राजनैतिक प्रभाव विस्तारै छोरी देवकी मल्लमा पनि पर्न गयो । 

बुबाको राजनैतिक प्रभावले उनी २०५२ सालमा १७ बर्षको कलिलो उमेरमै नेकपा एमाले निकट अनेरास्ववियुको साधारण सदस्य बाट राजनैतिक यात्रा सुरु गरिन ।  यसै विच देशमा माओवादी आन्दोलनको चहल पहल सुरु भयो  ।

 
बुबाको राजनैतिक प्रभावले उनी २०५२ सालमा १७ बर्षको कलिलो उमेरमै नेकपा एमाले निकट अनेरास्ववियुको साधारण सदस्यबाट राजनैतिक यात्रा सुरु गरिन् । कम्युनिष्ट आन्दोलका अर्का नेता विरेन्द्र भण्डारीले आफूलाई सदस्यता दिएको उनी सम्झिन्छिन् । भण्डारी उनका बुबाका सहपाठी हुन् । यसैबीच देशमा माओवादी आन्दोलनको चहलपहल सुरु भयो  । २०५४ साल तिर उनका बुबा धनबहादुर मल्ल देशको आमुल परिर्वतन र बर्ग संघर्षका लागी माओवादी आन्दोलनमा होमिए । उनी भन्छिन् बुबा माओवादीमा लागेको खबर पाएपछि घरमा आएर सरकार पक्षले बेला बेलामा दुख दिन थाले । घर बस्ने स्थिति नभएपछि क्रान्ति, युद्ध र संघर्षकोबीच २०५७ सालदेखि माओवादीको पूर्णकालीन् कार्यकर्ता भएर संगठन विस्तारमा लागे । जनपक्षीय राज्य शासन प्रणालीका लागि भन्दै २०५८ सालमा उनको स-परिवार भूमिगत भए । त्यसयता उनको सम्पूर्ण परिवार नै कम्युनिष्ट आन्दोलनमै सक्रिय छ ।

भूमिगत अवस्थामा मल्लले महिला संगठनको नेतृत्व गर्न थालिन् । इलाका सेक्रेटरी,  जिल्ला अध्यक्ष, प्रदेश व्युरो सदस्य सदस्य हुँदै अनेमसंघ क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष पनि बनिन् । अनेमसंघ क्रान्तिकारीको चितवनमा जारी भेलाबाट सहभागि भई फर्कने बेलामा २०६० सालमा कैलालीको सुख्खडमा उनलाई नेपाली सेनाले गिरफ्तार गर्‍यो । उनी भन्छिन्, त्यसै समयमा सरकार र माओवादी विचको वार्ता विफल भएको थियो । उनी भन्छिन कयौँ पटक मृत्युलाई पराजित गरेर 'जितेको मान्छे गिरफ्तार परेपछि अब बाँचिदैन होला भन्ने लाग्यो ।  युद्धमा कयौँ पटक ज्यान जोगाएकाले पनि होला मृत्यु केही हैन जस्तो लाग्थ्यो तर सेनाहरुले दिएको यातना खपि नसक्नु थियो । युद्धमा कतिले श्रीमान् गुमाए, कतिले आफन्त गुमाएको आँखै अगाडी सबै वृत्तान्त देखेकी छु । आजकाल सम्झीदा आङ जिरिङ हुन्छ ।'

युद्धकालिन अवस्थामै जनवादी विवाह गरेका हौं। हामी साविकको दहबगर गाविसको दहमा सैन्य अभ्यासमा थियौं । दहबगर हाम्रो आधार ईलाका थियो । सरकारपक्षको कुनै डर थिएन ।

क्रान्ति, युद्ध र संघर्षकोबीच उनी मिनबहादुर थापा संग प्रेममा परिन् । उनी भन्छिन्, 'हाम्रो पार्टीबाटै चिना जानी भयो । यसैबीचमा प्रेम बसेछ । प्रेम बसेको केही महिनामा एकले अर्कालाई मनपराएको थाहा पाएपछि पार्टीले बिहे गर्न निर्देशन दियो । युद्धकालिन् अवस्थामै जनवादी विवाह गरेका हौं । हामी साविकको दहबगर गाविसको दहमा सैन्य अभ्यासमा थियौं । दहबगर हाम्रो आधार ईलाका थियो । सरकारपक्षको कुनै डर थिएन । उ बेलामा पार्टीको निर्देशन नै हाम्रो कानुन हुन्थ्यो । अटेर गरे कारवाहीको भोगी हुनुपर्थ्यो। संकटकालिन् अवस्थामै छोराको जन्म भयो । छोराको अन्नपरासनपछि हजुरआमाको जिल्लामा लगाएर दुबैजना पार्टीको काममा फर्कियौं । त्यसपछि शान्ती प्रक्रिया भईसकेपछि पार्टीको विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी थिए । देशमा विभिन्न समयमा राजनैतिक घटनाक्रमको उतारचढाव रहँदै आयो । यसैबीच २०७४ साल प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चर्चा सुरु भयो । पार्टीका नेताहरु टिकटको लागि शिर्ष नेताहरुका घरदैलो धाउन थाले । टिकट कस्ले लिने भन्ने विषयमा छलफल सुरु भयो । म राम बहादुर थापा बादल निकट थिएँ । पार्टीका शिर्ष नेताहरुले समानुपातिकको लागि उम्मेदवारी दिनुपर्ने सुझाव दिए । म प्रत्यक्षबाट लडने विचारमा थिएँ । तर उम्मेदवारी दिँदा पनि प्रदेशमा दिने की केन्द्रमा दिने भन्ने अन्योलमा थिएँ । त्यसै बेला मेरो निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसको तर्फबाट पूर्व राज्यमन्त्रीसमेत रहेका नरेशबहादुर सिंह सिफारिस भए । सिंह नेपाली काँग्रेसका बलिया उम्मेदवार हुन् । सिंहले टिकट पाउने भएपछि जिल्ला स्तरका नेताहरुले आफूहरुले जित्ने सम्भावना नदेखेपछि माओवादी केन्द्रबाट प्रदेश ख का लागि मलाई सिफरिस गरेँ । म भन्दा पनि अग्रज व्यक्तित्वहरु थिए तर सबैले टिकट छोडेपछि मैले सहजै पाएँ । तर मेरा लागि जित असम्भव थियो । 

एकातिर कसरी जित्न सकिन्छ भन्ने पिरलो हुन्थ्यो भने अर्कातिर संसदीय व्यवस्था, एक्काईसौ शताब्दीको जनवाद र बर्ग संघर्षका लागि लडेकी मान्छे म के यहि निर्वाचन प्रक्रियामा  जानका लागी हामीले युछ गरेको हो त भन्ने प्रश्नले सताउने गर्थ्यो । अनि हारे पनि बलियासँग हार्नु नै वेश भनेर चित्त बुझाउदै थिएँ ।  त्यही समयमा नेकपा एमाले र हाम्रो पार्टीको गठबन्धन भयो । अब मलाई पनि जित्छु भन्ने आश पलाएको थियो । निर्वाचन सम्पन्न भयो मैले नेपाली काँग्रेसका उम्मेदवार भन्दा २ हजार ५ सय बढी मत ल्याएँ । म सुदूरपश्चिमकै प्रत्यक्षबाट जित्ने एकल महिला उम्मेदवार बनेँ । यसरी मेरो यात्रा प्रदेश सभा सदस्यसम्म भयो ।'

महिलाको बलिदानको उपलब्धि अझै पूर्ण भएको हो जस्तो लागेको छैन । पुरुषहरुको अझै पनि महिला प्रति हेर्ने दृष्टिकोण फरक छैन । महिलालाइृ नेतृत्व तहले पनि दवाउने गरेका छन्  ।

व्यवस्था फेरिए पनि महिलाको अवस्था अझै उस्तै भएको उनले दु:खेसो गरिन् । देश संघियतामा गइसक्यो । तीन तहका सरकार छन् । हरेक ठाँउमा महिला सहभागिताको कुरा उठ्छ । संघियता ल्याउनमा पनि महिलाको ठूलो बलिदान छ । उनी भन्छिन्, 'महिलाको बलिदानको उपलब्धि अझै पूर्ण भएको हो जस्तो लागेको छैन । पुरुषहरुको अझै पनि महिला प्रति हेर्ने दृष्टिकोण फरक छैन । महिलालाई नेतृत्व तहले पनि दवाउने गरेका छन् । स्थानीय तहमा पनि प्रमुख र उपप्रमुख मध्ये एक जना महिला अनिवार्य भनेका छन् तर पुरुषप्रधान यो देशमा फाट्फुट बाहेक स्थानीय तहमा उपप्रमुख जति सबै महिला छन् । यहिबाट प्रष्ट हुन्छ कि फेरिएको राज्यव्यवस्थामा महिला अधिकार सुनिश्चित हुन सकेको छैन । संविधानमा कानूनमा हामीले भनेको जस्तै परिवर्तन आएको भएपनि व्यवहारमा महिलाले आभास गर्ने गरी अझै आउन सकेको छैन।'

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेदेखि देशमा एक प्रकारको राजनैतिक तरङग फैलिएको छ । विभिन्न प्रदेशमा सरकार परिवर्ततनको चलखेल सुरु भएको छ । सुदूरपश्चिम प्रदेशमा पनि यसको प्रभाव परेको छ । राजनीतिमा आएको परिवर्तनसँगै नेपालकोे संविधान बमोजिम गरिएको राज्य पूनःसंरचनाले संघर्षशील महिलाहरुलाई जनताको प्रतिनिधिको रुपमा प्रतिनिधित्व गर्ने सफलता मिलेको छ । तर पार्टीका शिर्ष नेताहरुसँग पहुँच र निकटम् सम्बन्ध हुनेहरु मात्र मन्त्री हुन्छन् । अहिले प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टले अर्थ तथा योजना र भाैतिक पूर्वाधार मन्त्रालय पनि सम्हाल्दै आएका छन् । महिलाहरुमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनीता चौधरी मन्त्री छन् । यी दुबै जना सामानुपातिक सभासद हुन् । 

प्रदेशमा १७ जना महिला सांसद मध्ये देवकी मल्ल मात्र प्रत्यक्ष बाट जितेकी एक्ली महिला सांसद हुन् । मन्त्रालय हेरफेरको बेला अरु सबैको चर्चा चले पनि देवकीको चर्चा कहिल्यै भएको छैन । 

प्रदेशमा नेकपा एमालेबाट माया भट्ट, माया तामाङ, पूर्णा जोशी, मनाकुमारी साउद, सुशीला बुढाथोकी, चुनकुमारी चौधरी, अर्चना गहतराज, र दुर्गाकुमारी कामी गरी आठ जना सांसद छन् । नेकपा माओवादी केन्द्रबाट निर्मला बडाल, देवकी मल्ल, कुन्ती जोशी, विनिता देवी चौधरी, र शान्ति नेपाली गरी पाँच जना छन् । त्यस्तै गरी नेपाली काँग्रेसबाट दिश्यश्वरी शाह, अम्बिकुमारी थापा, कुमारी नन्दा बम र उमाकुमारी वादी गरी चार जना सांसद हुन् । प्रदेशमा १७ जना महिला सांसद मध्ये देवकी मल्ल मात्र प्रत्यक्षबाट जितेकी एक्ली महिला सांसद हुन् । मन्त्रालय हेरफेरको बेला अरु सबैको चर्चा चले पनि देवकीको चर्चा कहिल्यै भएको छैन । 

प्रत्यक्ष बाट जितेर पनि मन्त्री नहुनु आफैमा दुखद भएको कतिपयको भनाई छ । तर देवकी मल्ल भने आफूले गरेको संघर्षको पार्टिले उचित मुल्याङकन गर्ने बताउँछिन् । उनी भन्छिन्, 'प्रदेश सभा गठनका बेला भूगोललाई मिलाउनु पर्ने भन्दै सभामुख र मन्त्री दुई पद बझाङ दिन नसकिने बताएका थिए । त्यो समयमा लेखराज भट्टले चाहेको भए म मन्त्री बनाउन सक्थेँ होला । उनी माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेशका ईन्चार्ज थिए । मलाई मन्त्री बनाउन पार्टीको चाहानामा अभाव भएको हो । तर मैले मलाई मन्त्री बनाई देऊ भनेर कसैलाई गुहारिनँ । मैले प्रत्यक्षबाट जितेर आएकी हुँ । मेरो मात्र होईन मेरो परिवारको पार्टीका लागि गरेको त्याग र योगदानको पार्टीले मुल्याङकन गर्नुपर्ने हो । प्रतिपक्ष दलले पनि प्रत्यक्षबाट जितेको महिलालाई किन सरकारमा सहभागी गराएन भनेर प्रश्न गरिरहेका छन् । म बादल निकट भएकै कारण मलाई पार्टीले नै अन्यायमा गरेको हो कि भन्ने आभास भइरहेको छ । यदि पार्टीले चाहेको भए मलाई जुनसुकै बेला पनि मन्त्री बनाउन सक्थ्यो । तर म कसै नेताको नजिकको परिनँ । मन्त्री हुँदा पनि जनमतको कदर नभई नेताको नजिकको हुनुपर्ने रहेछ । मलाई मेरा बझाङगी जनताले दिएको मतको अपमान भएको आभास भइरहेको छ ।'
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जयपृथ्वी विशेष
झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

नागढुंगा चेकपोस्टबाट २.७ किलोमिटर मात्रैको दूरीमा रहेको झ्याप्ले खोलानजिक आइपुग्दा शुक्रबार राति धेरै यात्रुले राजधानी नै प्रवेश गरिसकेको सोचेका थिए। झ्याप्ले खोला कटेलगत्तै काठमाडौं सुरु हुन्छ।
देउडामा आमा भन्दा छोरी कडा

देउडामा आमा भन्दा छोरी कडा

सुदूरपश्चिम र कर्णाली क्षेत्रमा देउडा पारखीहरुकाबीच चर्चित नाम हो-राजकला धामी ।  सुदूरपश्चिम प्रदेशमा त झन् जहाँ ठूलो देउडा खेल (प्रत्यक्ष सवाल जवाफ हुने प्रतियोगिता) हुन्छ, त्यहाँ राजकला धामीको...
'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

बुंगल नगरपालिकाका अपांगता भएका व्यक्तिले स्थानीय सरकारले आफूहरुको वेवास्ता गरेको गुनासो गरेका छन् ।