नेभिगेशन
सुदूरपश्चिम

कञ्चनपुरमा तीन हजार ४०० मिटर जैविक तटबन्ध निर्माण

कञ्चनपुर : कोरोना कहरबीच कञ्चनपुरका पाँच स्थानीय तहमा जैविक तटबन्ध निर्माण गरिएको छ। नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजनाअन्तर्गत स्थानीय तहहरुसँगको साझेदारीमा जैविक तटबन्ध निर्माण गरेको हो। पाँच स्थानीय तहमा तीन हजार ४०० मिटर जैविक तटबन्ध निर्माण गरिएको परियोजनाका अधिकृत महेश घिमिरेले बताए।

घिमिरेका अनुसार लालझाडी गाउँपालिकाको दोदा नदीमा एक हजार ८००, कृष्णपुर नगरपालिकामा दोदा र वनहरा नदीमा ५५० मिटर,  शुक्लाफाँटा नगरपालिकामा स्याली नदीमा ३०० मिटर, पुनर्वास नगरपालिकामा दोदा नदीमा ६०० मिटर र बेलौरी नगरपाालिकामा १५० मिटर जैविक तटबन्ध निर्माण गरिएको छ। जैविक तटबन्ध निर्माणका लागि ५८ लाख ८९ हजार १३० रुपैयाँ लगानी गरिएको छ। जसमध्ये परियोजनाको तर्फबाट २३ लाख ७९ हजार ६१३, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच लाख ४१ हजार ५३१ रुपैयाँ लगानी गरिएको छ।

यसैगरी, स्थानीय तहको तर्फबाट २६ लाख ४३ हजार ५५ र समुदायको तर्फबाट ३२ लाख २५ हजार ४७५ रुपैयाँ लगानी गरिएको छ। जैविक तटबन्ध निर्माण कार्यबाट दुई हजार ६ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन्। जैविक तटबन्ध निर्माणले गत वर्ष भू–क्षय हुँदै आएको २५ बिघा जग्गा संरक्षण भएको छ।

नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरका कोषाध्यक्ष थीरेन्द्रचन्द्र भट्टका अनुसार २०६५ सालको विनासकारी बाढीबाट क्षति भएपछि जैविक तटबन्धको अवधारणा अघि सारिएको बताए। ‘विभिन्न संघ संस्था र परियोजनासँग मिलेर जिल्लामै पहिलोपटक जैविक तटबन्ध निर्माण सुरु गरिएको छ,’ उनले भने, ‘थोरै लागतमा समुदायको सहभागितामा निर्माण गरिने जैविक तटबन्ध प्रभावकारी हुँदै गएपछि यसको माग बढ्दो छ। जैविक तटबन्धले हजारौं बिघा जग्गा भू–क्षय हुनबाट जोगिएको छ।’

लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले दोदा नदीमा आउने बाढीका कारण हुने भू–क्षयको कार्य जैविक तटबन्धको कारणले रोकिएको बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै