नेभिगेशन
सुदूरपश्चिम

बझाङमा बिहीबार ४३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ७ सय ३७ पुग्यो

बझाङ : बझाङमा बिहीबार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ९७ नमुना पिसिआर परिक्षण गर्दा ३९ जनामा र ९ जनाको एन्टिजेन परिक्षण गर्दा ३ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय ३७ पुगेको छ । 

बिहीबार जिल्ला अस्पतालमा ८ जनाको एन्टिजेन परिक्षण गर्दा ३ जना र विथ्थडचिर गाउँपालिकामा संकलित एक जनाको एन्टिजेन्ट परिक्षण गर्दा १ जनाका पोजेटिभ देखिएको हो । यस्तै जिल्ला अस्पताल बझाङमा संकलित गरिएको ९७ नमुना पिसिआर मध्ये ५३ नमुना परिक्षण गरिएकोमा २२ जना र बुङ्गल नगरपालिकामा संकलित ३९ नमुना परिक्षण गर्दा १७ जनामा कोरोना पोजेटिभ देखिएको हो । जिल्लामा अहिलेसम्म कोरोनाका कारण ९ जनाको ज्यान गएको छ ।

दोस्रो लहरको सुरु भएयता जिल्लामा १ हजार ४ सय ४० नमुना परिक्षण गरिएका छन् भने १६९ नमुना स्वावको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै