नेभिगेशन
सुदूरपश्चिम

कालंगा हाइड्रोले दियो बुङ्गल नगरपालिका र जिल्ला अस्पताललाई १० अक्सिजन सिलिण्डर 

बझाङः कालंगा हाइड्रोले बुङ्गल नगरपालिकालाई १० थान अक्सिजन सिलिण्डर दिएको छ । देशभर अक्सिजन अभावले संक्रमितले धमाधम ज्यान गुमाइरहेका बेला बझाङमा निर्माणाधिन कालंगा हाइड्रो प्रा.लि.ले जिल्ला अस्पताल र बुङ्गल नगरपालिकालाई १० थान अक्सिजन सिलिण्डर प्रदान गरेको हो । हाइड्रोले ७ हजार लिटर अक्सिजन क्षमताका ८ वटा सिलिण्डर जिल्ला अस्पताललाई र २ वडा सिलिण्डर बुङ्गल नगरपालिकाले निर्माण गरेको त्रिवेणी आदर्श क्याम्पसमा बनाइएको आइसोलेसन सेन्टरलाई हस्तान्तरण गरेको मेकानिकल इन्जिनियर तथा प्रोजेन्ट इन्चार्ज गणेश अधिकारीले बताउनुभयो ।

कोरोना महामारी बढ्दै गएका बेला जिल्लामा कोरोना संक्रमितहरुलाई अक्सिजनको समस्या हुने भएकाले कालंगा हाइड्रोले परियोजना निर्माणका लागि राखिएका सिलिण्डरहरु जिल्लाका स्वास्थ्य संस्था र आइसोलेसनलाई सहयोग गरेको बताएको छ । 

हाइड्रोले सहयोग गरेका १० वटा सिलिण्डरबाट ७० हजार लिटर अक्सिजनको व्यवस्थापन हुने र स्वास्थ्य संस्थामा रहेका अक्सिजन वितरण गर्न उपकरणका आधारमा एउटै सिलिण्डरबाट एक जनाभन्दा बढीलाई अक्सिजन दिन मिल्ने प्रोजेक्ट इन्चार्ज अधिकारीले बताउनु भयो ।

यस्तै अहिले बुङ्गल नगरपालिकामा कोरोना संक्रमितको संख्या ३४ पुगेको छ । नगरपालिकाले निर्माण गरेको कफलसेरी कोभिड अस्पतालमा १७ जना उपचार गराइरहेका छन् भने त्रिवेणी आदर्श क्याम्पसको आइसोलेसनमा ११ जना र होम आइसोलेसनमा ६ जना रहेको बुङ्गल नगरपालिकाको स्वास्थ्य शाखा सहसंयोजक बसन्तराज जोशीले बताउनुभयो । संक्रमित हुनेमा बुङ्गल नगरपालिकामा कार्यरत ६ जना स्वास्थ्यकर्मी, एक जना पत्रकार र अन्य २७ जना सर्वसाधारणहरुलाई कोरोना संक्रमण देखिएको जोशीले बताउनु भयो । संक्रमित १ जनालाई थप उपचारका लागि जिल्ला अस्पताल बझाङ रेफर गरिएको छ भने अन्य ३३ जनाको अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै