नेभिगेशन
राजनिति

सूर्य थापाको भीम रावल र घनश्याम भुसाललाई कटाक्ष : गद्दारी र सत्यनाश पतनको बाटोमा

काठमाडौँ  :  प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले नेताहरु भीम रावल र घनश्याम भुसालमाथि कटाक्ष गरेका छन् । रावल र भुसालले फेसबुक तथा ट्वीटरमा दिएको प्रक्रियाको स्कृनसर्ट राखेर थापाले उनीहरु पतनमा बाटोमा गएको टिप्पणी गरेका हुन् । 

‘कोही सिद्धान्त घोकेर, कोही सिद्धान्त बेचेर । दुबैथरि गद्दारी र सत्यनाश यसरी पतनको बाटोमा एक साथ’ थापाले ट्वीटरमा लेखेका छन् । भुसालले विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद रहेको तर, आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा भनेर लेखेका थिए । उनको यो भनाइ सांसद पदबाट राजीनामा दिने विषयमा संकेत गरेको पनि बताइएको छ । 

उता रावलले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गर्न आवश्यक रहेको बताएका थिए । ‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। थप राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रमं केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ। त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ। यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ रावलले लेखेका छन् । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै