नेभिगेशन
समाज

कोरोना अपडेट : निको हुने दर ८७.२, मृत्यु दर १.२

काठमाडौँ : कोरोना सङ्क्रमण दर बढे संगै मृत्यु हुनेको सङ्ख्या दैनिक बढे पनि निको हुनेहरूको सङ्ख्या पनि कम छैन । नेपालमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म ३ लाख ७७ हजार ६ सय ३ जना सङ्क्रमित भएका छन्।

नेपालमा परीक्षण गरेकामध्ये संक्रमितहुने दर १४.५ प्रतिशत रहेको छ। त्यसै गरी सङ्क्रमितमध्ये मृत्युदर १.२ प्रतिशत रहेको छ। नेपालमा निको हुनेको दर ८७.२ रहेको छ।

काठमाडौँमा २५ हजार सङ्क्रमित
काठमाडौँमा सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार ९ सय ४० छ भने भक्तपुरमा ८ हजार १४ छ। त्यसै गरी ललितपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४ सय २९ रहेको छ।

सङ्क्रमित हुनेमा २० देखि ३९ वर्ष उमेर समूहकै बढी छन्। नेपालमा पुरुषको संक्रमणदर ६२.९१ छ भने महिला सङ्क्रमण हुने दर ३७.०९ प्रतिशत छ।  हालसम्म मृतकको सङ्ख्या ३ हजार ५ सय ७९ पुगेको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै