नेभिगेशन
जयपृथ्वी विशेष

बझाङका व्यापारीको उपभोग्य वस्तुमा मनपरी

बझाङ : कोरोना महामारीसँगै बझाङमा पनि उपभोग्य वस्तुको भाउ अकासिएको छ। सदरमुकाम र जिल्लाका अन्य बजारहरूमा चामल, दाल, तेल, मासु, चाउचाउ, बिस्कुट जस्ता दैनिक उपभोग्य सामानको मूल्य एक्कासि बढेको हो। व्यापारीहरूले वैशाखको दोस्रो साताबाट उपभोग्य सामानको मूल्य अस्वाभाविक तरिकाले बढाएका छन्। चैतको अन्तिमसम्म बोरा (५० केजी) को १ हजार ८ सय पर्ने मोटा चामलको मूल्य दुई सातामै बढेर २ हजार १ सय ५० सम्म पुगेको छ। यस्तै वैशाख १५ गतेसम्म प्रतिकेजी ७ सयका दरले बिक्री भइरहेको खसीको मासुको मूल्य साता दिनमै बढेर १ हजार पुर्‍याइएको छ। बजारमा तरकारी तथा फलफूलको मूल्य पनि अस्वाभाविक रूपमा बढेको उपभोक्ताहरूको गुनासो छ।

‘कोरोना आयो भन्ने हल्ला आएसँगै मनपरी तरिकाले मूल्य असुल्न थालेका छन्,’ सदरमुकाम चैनपुरमा डेरा गरी बस्ने एकजना गृहणी कविता रोकायाले भनिन्, ‘यातायात बन्द नहुँदै सामानको मूल्य बढाएर लुट्ने काम हुँदा पनि कसैले हेरेका छैनन्। यस्तै हो भने गरिबले के खाएर बाँच्ने?’ उनले हरेक सामानको मूल्यमा वृद्धि भएको र पसलैपिच्छे उही सामानको मूल्य पनि फरकफरक लिने गरेको बताइन्।

‘आइतबारसम्म एक लिटर भटमासको तेलको मूल्य १ सय ८० थियो। आज दुई दिनमै २ सय २० रुपैयाँ लिटर पुर्‍याएछन्,’ जयपृथ्वी नगरपालिकाका–२ का कुम्भराज जोशीले भने, ‘दुई/तीन दिनमै यति धेरै मूल्य कसरी बढ्छ। यो त अचाक्ली भयो।’ उनले तरकारी र फलफूलमा पनि आइटम हेरेर प्रतिकिलो २० देखि १ सय रुपैयाँसम्म बढाएको बताए।

उद्योग, वाणिज्य संघ बझाङका अध्यक्ष दानबहादुर सुर्मेलीले भने बजारमा खानेतेलबाहेक अन्य सामानको मूल्य नबढेको दाबी गरे। संघले महामारीमा कसैले मूल्य वृद्धि गर्न सक्छ भनेर आफूहरूले १५ दिनअघि मात्रै प्रत्येक सामानको दररेट सार्वजनिक गरेको बताए। तेलको मूल्य धनगढीबाटै बढेको जानकारी आएको उनको भनाइ छ। महामारीका बेला सबैले सबैलाई सहयोग गर्नुपर्नेमा उल्टै मूल्य वृद्धि गरेर सामान बेच्नेलाई कडा कारबाही हुनुपर्ने उनले बताए।

प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले मूल्य वृद्धि भएको गुनासो आइरहेकाले तत्काल सरोकारवालासँग छलफल गरी अस्वाभाविक वृद्धि गरेको पाइए कारबाही गरिने बताए। ‘अहिले मूल्य वृद्धि हुनुपर्ने कुनै कारण छैन। यस्तो बेलामा कसैले अनुचित मूल्य लिएको छ भने हामी छानबिन गरेर कारबाही गर्छौं,’ उनले भने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप जयपृथ्वी विशेष
झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

नागढुंगा चेकपोस्टबाट २.७ किलोमिटर मात्रैको दूरीमा रहेको झ्याप्ले खोलानजिक आइपुग्दा शुक्रबार राति धेरै यात्रुले राजधानी नै प्रवेश गरिसकेको सोचेका थिए। झ्याप्ले खोला कटेलगत्तै काठमाडौं सुरु हुन्छ।
देउडामा आमा भन्दा छोरी कडा

देउडामा आमा भन्दा छोरी कडा

सुदूरपश्चिम र कर्णाली क्षेत्रमा देउडा पारखीहरुकाबीच चर्चित नाम हो-राजकला धामी ।  सुदूरपश्चिम प्रदेशमा त झन् जहाँ ठूलो देउडा खेल (प्रत्यक्ष सवाल जवाफ हुने प्रतियोगिता) हुन्छ, त्यहाँ राजकला धामीको...
'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

बुंगल नगरपालिकाका अपांगता भएका व्यक्तिले स्थानीय सरकारले आफूहरुको वेवास्ता गरेको गुनासो गरेका छन् ।  
भर्खरै