नेभिगेशन
समाज

४ सय अक्सिजन सिलिन्डर र २० भेन्टिलेटर ल्याउन निगमकाे वाइडबडी सोमबार चीन जाँदै

काठमाडौं : चीन सरकारले दिएको अक्सिजन सिलिन्डर ल्याउन सोमबार नेपाल वायुसेवा निगमको वाइडबडी जहाज(ए-३३०) चीन जाने भएको छ ।

नेपाललाई चीनले अनुदानमा दिएको २० हजार थान अक्सिजन सिलिन्डरमध्ये पहिलो पटकमा ४ सयवटा सिलिन्डर र २० भेन्टिलेटर नेपाल ल्याइने भएको हो ।

जहाज पठाउने सम्बन्धमा अर्थ मन्त्रालयले माग गरेअनुसार नेपाल एयरलाइन्सले ‘कोटेशन’ बुझाएको थियो । मन्त्रालयले सोमबार जहाज चीन पठाउने निर्णय गरेको हो ।

जहाजको भाडाका सम्बन्धमा सहमति भएपछि जहाज पठाउने पक्का भएको नेपाल एयरलाइन्स स्रोतले जनाएको छ ।

जहाजले बेइजिङबाट सिलिन्डर ल्याउनुपर्नेछ । यो संख्याका सिलिन्डर ढुवानी क्षमता भएका जहाज नेपालमा नेपाल एयरलाइन्ससँग मात्र रहेको छ ।

सोमबार नेपालबाट जाने वाडबडी जहाज मंगलबार भने चीनबाट फर्किनेछ ।

हाल नेपालमा दिनहुँ बढिरहेका कोरोना संक्रमितको उपचारमा अक्सिजनको माग उच्च भएपछि सरकारले अक्सिजन परिपूर्तिका लागि सक्रियता देखाएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै