नेभिगेशन
सुदूरपश्चिम

बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु, गाउँघरमै उपचार गराउँदा ठूलो क्षति ब्यहोर्नुपर्ने चेतावनी

बझाङ : बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तडछान्ना ५ का एक ३७ वर्षीय शिक्षक रहेका छन् । उनी एक हप्तादेखि विरामी रहेको र गाउँघरकै मेडिकलबाट उपचार गरिरहेको पाइएको छ । 

बिहीबार जिल्ला अस्पताल भर्ना भएका उनी निकै कमजोर अवस्थामा रहेको उपचारका क्रममा शु्क्रबार वेलुका करिब ४ बजे मृत्यु भएको जिल्ला अस्पताल बझाङका कोरोना सम्पर्क व्यक्ति डाक्टर मिलन खड्काले बताउनुभयो । 

उहाँका अनुसार खप्तडछान्ना लगायत सबै स्थानीय तहमा विरामीहरु रहेको तर उनीहरु सामान्य रुघाखोकी भन्दै गाउँघरमै उपचार गराइरहेको पाइएको छ । सकभरसम्म गाउँघरमै उपचार गर्ने र अवस्था नाजुक भएपछि मात्रै अस्पताल सम्झने बानीले गाउँघर धेरै ठूलो महामारी फैलने डाक्टर खड्काले चेतावनीसमेत दिनुभयो । योसँगै बझाङमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ जना पुगेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै