नेभिगेशन
राजनिति

काँग्रेसद्वारा ३ जिल्लाका पार्टी कार्यालय कोभिड अस्पतालका लागि दिने घोषणा

काठमाडौं : नेपाली काँग्रेसले तीन जिल्ला पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल निर्माणका लागि दिएको छ । नेपाली काँग्रेस नुवाकोट, सुनसरी र रुपन्देहीले आफ्नो पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल निर्माणको लागि दिने घोषणा गरेका हुन् । जिल्ला सभापति समेत रहेका राजीव कोइरालाले इनरुवास्थित पार्टी कार्यालयको भवनलाई नगरपालिकाले आवश्यकताअनुसार आइसोलेसनका रुपमा प्रयोग गर्न सक्ने गरी इजाजत दिएको बताए ।

कोइरालाले विषम परिस्थितिमा जनताको स्वास्थ्यको ख्याल गर्नु प्रमुख दायित्व भएको भन्दै पार्टी कार्यालयको भवनमा आइसोलेसन सञ्चालन गर्न नगर प्रमुखलाई भनिएको बताए । यस्तै, नुवाकोटको विदुरस्थित नेपाली काँग्रेस पार्टी कार्यालयमा कोभिड १९ को अस्थायी अस्पताल बनाउन जिल्ला कोभिड रोकथाम तथा नियन्त्रण केन्द्रलाई काँग्रेस जिल्ला कार्यसमिति नुवाकोटले अनुरोध गरेको छ ।

नुवाकोटका हर नागरिकको जीवन रक्षाको लागी नेपाली काँग्रेस नुवाकोट सधैं साथ साथमा हुने जिल्ला सभापति जगदीश्वर नरसिंह केसीको प्रतिबद्धता छ । यसैगरी काँग्रेस रुपन्देहीले पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल वा आइसोलेसन निर्माणको लागि दिने भएको छ ।


भैरहवास्थित भीम अस्पतालको पछाडि काँग्रेस रुपन्देहीको २ वटा हल, ११ कोठाको दुई तले कम्पाउन्ड सहितको भवन आइसोलेसन निर्माणका लागि दिने व्यवस्था मिलाइएको काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले बताए ।

कोभिड महामारीको दोस्रो चरण समुदायस्तरमा फैलिइरहेको र मानिसले बेड, अक्सिजन नपाएरै ज्यान गुमाउने स्थिति आएकाले आफूहरुले उक्त निर्णय गरेको बताए । काँग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाले पार्टी पङ्क्तिलाई कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै