नेभिगेशन
राजनिति

सुदूरपश्चिमका प्रदेश प्रमुख यादवले पदभार सम्हाले

कैलाली : सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुख गङ्गाप्रसाद यादवले पदभार ग्रहण गरेका छन् । यादवले शुक्रबार दिउँसो पदभार ग्रहण गरेका हुन् ।उनी बिहीबार राति गृह जिल्ला सप्तरीबाट धनगढी पुगेका थिए ।

पदभार ग्रहण गर्दै उनले नेपालको प्रचलित कानुन र संविधान बमोजिम काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख २० गते तत्कालीन प्रदेश प्रमुख शर्मिला कुमारी त्रिपाठी हटाएर यादवलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् । त्रिपाठी माओवादी केन्द्र निकट थिइन् ।

त्रिपाठी भन्दा अघि सुदूरपश्चिम प्रदेशमा मोहनराज मल्ल प्रदेश प्रमुख थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप राजनिति
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै