नेभिगेशन
विदेश

भारतलाई काेराेना सङ्क्रमणकाे तेस्राे लहरका लागि तयार रहन वैज्ञानिक सल्लाहकारकाे चेतावनी

काठमाण्डौँ : भारतका केन्द्र सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार के विजयराघवनले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउने निश्चित भएकाले तयारी अवस्थामा रहन चेतावनी दिनुभएको छ । 

कोभिड–१९ को वर्तमान स्थितिलाई लिएर गरिएको पत्रकार सम्मेलनमा प्रमुख वैज्ञानिक सल्लाहकार विजयराघवनले कोरोनाको तेस्रो लहरका लागि तयार रहने बताउनुभएको हो । 

उहाँले अहिले भारतमा फैलिरहेको कोरोना सङ्क्रमण दरलाई हेर्दा तेस्रो लहर आउने निश्चित भएकाे बताउँदै यो कति खतरनाक र कहिले आउँछ भन्ने चाहिँ स्पष्ट नभएको बताउनुभयो । 

प्रमुख वैज्ञानिक सल्लाहकार विजयराघवनले तेस्रो लहरका लागि तयार रहन चेतावनी दिनुभएको हो । 

कोरोनाको नयाँ ‘भेरिएन्ट’ पनि वास्तविक ‘भेरिएन्ट’ जस्तै सङ्क्रामक रहेको बताउनुभएको छ । 

उहाँले कोरोना खोप अभियान कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ विरुद्ध पनि असरदार रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘कोरोनाको नयाँ 'भेरिएन्ट' भारत तथा विश्वभरि नै देखिनेछ तर जुन 'भेरिएन्ट' का कारण सङ्क्रमण बढिरहेको छ, त्यो भने कम हुनेछ ।’

भारत र विश्वभरका वैज्ञानिकले यस प्रकारको भेरिएन्ट्सले समयमा नै पहिचान गर्न र त्यसविरुद्ध उपाय अपनाउन प्रमुख वैज्ञानिक सल्लाहकार के विजयराघवनले सुझाव दिनुभएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप विदेश
टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन

टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन

 भारतको प्रतिष्ठित व्यापारिक घराना टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन भएको छ ।
भारतमा  धार्मिक स्नान  गर्दा गर्दै  ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गयो

भारतमा धार्मिक स्नान गर्दा गर्दै ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गयो

पूर्वी भारतमा हिन्दू पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गएको छ ।
पुटिनको आणविक हतियार प्रयोगको धम्कीलाई युरोपेली सङ्घले अस्वीकार गर्‍यो

पुटिनको आणविक हतियार प्रयोगको धम्कीलाई युरोपेली सङ्घले अस्वीकार गर्‍यो

युरोपेली सङ्घ (ईयू) ले युक्रेनले ठूलो हवाई आक्रमण गरेमा आफूले आणविक प्रतिक्रिया दिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको योजनालाई लापरवाहीपूर्ण र गैरजिम्मेवार भन्दै अस्वीकार गरेको छ ।
ऋणमाथि ऋण थप्दै पाकिस्तान, अन्तर्राष्ट्रिय मुद्रा कोषबाट थप ७ अर्ब अमेरिकी डलर लिने

ऋणमाथि ऋण थप्दै पाकिस्तान, अन्तर्राष्ट्रिय मुद्रा कोषबाट थप ७ अर्ब अमेरिकी डलर लिने

 अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) ले पाकिस्तानलाई ७ अर्ब डलर ऋण दिने भएको छ ।
भर्खरै