नेभिगेशन
सुदूरपश्चिम

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार साविक दौलीचौर गा.वि.स–८ (हाल सुर्मा गाउँपालिका–२) निवासी ६५ वर्षीय बोहरालाई भारतबाट गाउँ फर्किएको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो।  

मिति२०७१ साल माघ १७ गते बझाङ जिल्ला अदालतको फैसलाले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई कैद सजाय पाएका बोहरा घटनापछि फरार रहेका थिए। उनलाई प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगुन्नाको कमाण्डमा खटिएको प्रहरी टोलीले निजकै गाउँमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक ठगुन्नाले जानकारी दिनुभयो।  

पक्राउ परेका बोहरालाई मंगलबार सम्मानित बझाङ जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
बझाङ जिल्ला अस्पतालमा MDGP डाक्टरको सेवा सुरु, अपरेसन सेवामा नयाँ आयाम

बझाङ जिल्ला अस्पतालमा MDGP डाक्टरको सेवा सुरु, अपरेसन सेवामा नयाँ आयाम

जिल्ला अस्पताल बझाङले आफ्नो सेवामा नयाँ आयाम थप्दै, यही पुष ११ गतेदेखि जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन (MDGP) विशेषज्ञ सेवा सुरु गरेको छ।