नेभिगेशन
समाचार

बुबाआमाको सम्झनामा मन्दिर र प्रतिक्षालय निर्माण गरि अस्पताललाई हस्तान्तरण

बझाङका पहिलो लाइसेन्सधारी अहेब (असिस्टेन्ट हेल्थ एक्सटेन्सन वर्कर) तथा जयपृथ्वी नगरपालिका–२, मोर्तोलीका समाजसेवी गणेशबहादुर खड्काले आफ्ना स्वर्गीय पिता जब्बरे खड्का र माता हशादेवी खड्काको सम्झनामा जिल्ला अस्पताल बझाङ परिसरमा गणेश मन्दिर तथा प्रतिक्षालय निर्माण गरिदिएका छन्।  

करिब ४ लाख रुपैयाँ लागतमा निर्माण गरिएको यो प्रतिक्षालयले अस्पताल आउने बिरामी तथा कुरुवाहरुलाई बस्न सहजता प्रदान गर्नेछ। अस्पताल विकास समिति अध्यक्ष सोनु सिंहका अनुसार यस सुविधाले अस्पतालमा सेवा लिन आउनेहरूसँगै स्वास्थ्यकर्मीहरूलाई समेत सहयोग गर्नेछ।  

आज एक विशेष धार्मिक समारोहबीच गणेश मन्दिर र प्रतिक्षालयको प्राण प्रतिष्ठा सम्पन्न भएको छ। यस कार्यले अस्पताल परिसरलाई थप व्यवस्थित बनाउने विश्वास गरिएको छ।  खड्काले जिल्ला अस्पतालमा रिटायर्ड भएर पनि एक वर्ष स्वयंम सेवा गर्नुभएको थियो भने जिल्ला अस्पताल बझाङको जग्गा अधिग्रहणका क्रममा उहाँले सदस्य सचिव भइ महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाचार
बझाङमा नेपाल टेलिकमको इन्टरनेट कछुवा गतिमा

बझाङमा नेपाल टेलिकमको इन्टरनेट कछुवा गतिमा

बझाङ सदरमुकाम चैनपुरमा नेपाल टेलिकमको इन्टरनेट सेवा सुस्त गतिमा सञ्चालन भइरहेको उपभोक्ताहरूले गुनासो गरिरहेका छन्।
लक्ष्मी लघुवित्तद्वारा मृतक सदस्यको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण

लक्ष्मी लघुवित्तद्वारा मृतक सदस्यको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण

बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–१० मा रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यको निधनपछि बीमा वापतको रकम हस्तान्तरण गरेको छ।
बझाङमा इलेक्ट्रोनिक भुक्तानी प्रणालीबाट तलब दिने पहिलो स्थानीय तह बन्यो मष्टा

बझाङमा इलेक्ट्रोनिक भुक्तानी प्रणालीबाट तलब दिने पहिलो स्थानीय तह बन्यो मष्टा

मष्टा गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरूको तलब भुक्तानी प्रक्रियामा सुधार ल्याउन आधुनिक इलेक्ट्रोनिक भुक्तानी प्रणाली (EFT) लागू गर्ने निर्णय गरेको छ।
युवापुस्तालाई आकर्षित गर्न बझाङमा देउडा सांस्कृतिक कार्यक्रम

युवापुस्तालाई आकर्षित गर्न बझाङमा देउडा सांस्कृतिक कार्यक्रम

बझाङमा देउडा संस्कृतिको प्रवद्र्धन तथा संरक्षणका लागि विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
भर्खरै