नेभिगेशन
समाचार

बझाङमा एचपीभी खोप अभियान: तीन दिनमा ९५.५४ प्रतिशत किशोरीले लगाए खोप

बझाङ जिल्लामा मानव पेपिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ। स्वास्थ्य कार्यालय बझाङका अनुसार हालसम्म कुल लक्ष्य १२०३५ मध्ये ११८५८ जना किशोरीहरूले खोप लगाइसकेका छन्, जसले ९५.५४% कभरेज देखाएको छ।

अभियानको तेस्रो दिनसम्म १४६५ किशोरीहरूले खोप लगाएका छन्। तीमध्ये विद्यालय जाने कक्षा ६ का २५५ छात्रा, कक्षा ७-१० का ११४४ छात्रा तथा विद्यालय बाहिर रहेका ११-१४ वर्ष उमेर समूहका ६६ किशोरीहरू रहेका छन्।

एचपीभी खोप गर्भाशय क्यान्सरको रोकथामका लागि प्रभावकारी मानिन्छ। स्वास्थ्य कार्यालयले लक्ष्य समूहका सबै किशोरीलाई खोप लगाउने उद्देश्यका साथ अभियानलाई अझ व्यापक बनाउन स्थानीय निकाय तथा विद्यालयहरूसँग सहकार्य गरिरहेको छ।

यस अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मी, शिक्षक, अभिभावक, र स्थानीय समुदायको ठूलो सहयोग रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। बाँकी किशोरीलाई पनि खोप लगाउनका लागि निरन्तर प्रयास भइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाचार
बझाङमा इलेक्ट्रोनिक भुक्तानी प्रणालीबाट तलब दिने पहिलो स्थानीय तह बन्यो मष्टा

बझाङमा इलेक्ट्रोनिक भुक्तानी प्रणालीबाट तलब दिने पहिलो स्थानीय तह बन्यो मष्टा

मष्टा गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरूको तलब भुक्तानी प्रक्रियामा सुधार ल्याउन आधुनिक इलेक्ट्रोनिक भुक्तानी प्रणाली (EFT) लागू गर्ने निर्णय गरेको छ।
युवापुस्तालाई आकर्षित गर्न बझाङमा देउडा सांस्कृतिक कार्यक्रम

युवापुस्तालाई आकर्षित गर्न बझाङमा देउडा सांस्कृतिक कार्यक्रम

बझाङमा देउडा संस्कृतिको प्रवद्र्धन तथा संरक्षणका लागि विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
बुबाआमाको सम्झनामा मन्दिर र प्रतिक्षालय निर्माण गरि अस्पताललाई हस्तान्तरण

बुबाआमाको सम्झनामा मन्दिर र प्रतिक्षालय निर्माण गरि अस्पताललाई हस्तान्तरण

जयपृथ्वी नगरपालिका–२, मोर्तोलीका समाजसेवी गणेशबहादुर खड्काले आफ्ना स्वर्गीय पिता जब्बरे खड्का र माता हशादेवी खड्काको सम्झनामा जिल्ला अस्पताल बझाङ परिसरमा गणेश मन्दिर तथा प्रतिक्षालय निर्माण गरिदिएका छन्।  
जयपृथ्वी नगरपालिका-१ का वडाध्यक्षद्वारा बाल अधिकार प्रवर्द्धनमा प्रतिबद्धता

जयपृथ्वी नगरपालिका-१ का वडाध्यक्षद्वारा बाल अधिकार प्रवर्द्धनमा प्रतिबद्धता

जयपृथ्वी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष डम्बरबहादुर सिंहले बालबालिकाको हकहित संरक्षण, बाल बिबाह न्युनिकरण, बालमैत्री संरचना निर्माण र नीति निर्माणका लागि प्रतिबद्धता जनाउनुभएको छ।