नेभिगेशन
सुदूरपश्चिम

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। उहाँले जयपृथ्वी नगरपालिकाको आयोजना, वर्ल्ड भिजन इन्टरनेशनलको आर्थिक सहयोग तथा प्रगतिशील युवा समाजको प्राविधिक सहयोगमा जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज र ह्युम्यानिष्ट एफएम १०३.३ मेगाहर्ज बझाङले आइतबार जयपृथ्वी नगरपालिका वडा नम्बर ७ को सभाहलमा रेकर्ड गरेको बहसमूलक रेडियो कार्यक्रम ‘बाल कचहरी’ मा यस्तो धारणा व्यक्त गर्नुभएको हो।  

वडाध्यक्ष जोशीले विगतका कमीकमजोरी स्वीकार्दै बालविवाह न्यूनीकरणका लागि वडाको पहलमा विभिन्न सरोकारवालासँग छलफल तथा अन्तर्क्रिया गरिने बताउनुभयो। साथै, बालबालिकासम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, बाल भेलामार्फत स्थानीय तह र वडाबाट बालमैत्री योजना तथा बजेट विनियोजनलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो।  

उहाँले विद्यालय भवन, शौचालय तथा धारा निर्माण गर्दा अपांगमैत्री, बालमैत्री र किशोरीमैत्री बनाइने उल्लेख गर्नुभयो। साथै, वडाका विद्यालयहरूमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न विशेष कार्यक्रम ल्याइने र शिक्षालाई प्रविधिमैत्री बनाउने दिशामा कदम चालिने बताउनुभयो। बालबालिकाका लागि सुरक्षित खेलकुद स्थल, पुस्तकालय स्थापना र अतिरिक्त क्रियाकलापको विकास गर्न वडास्तरबाट पहल गरिने उहाँको भनाइ छ।  

त्यसैगरी, खानेपानीको समस्या समाधान गर्दै बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने पोषणयुक्त भोजन कार्यक्रम सञ्चालन गर्न पहल गरिने उल्लेख गर्नुभयो। साथै, अभिभावकलाई आफ्ना बालबालिकाको अध्ययन तथा क्षमता विकासका लागि घरबाटै अनुकूल वातावरण तयार गर्न प्रेरित गर्ने योजनामा वडाले विशेष ध्यान दिने उहाँले बताउनुभयो। कार्यक्रम रेकर्डका दौरान उपस्थित बालबालिकाले वडाका कुनै पनि गतिविधिबारे आफूहरुलाई जानकारी नहुने गरेको, बालबालिकालाई ध्यानमा राखि वडाले कहिल्यै बजेट विनियोजन नगरेको र खेलमैदान, सडक तथा बाटो बाल मैत्री नभएको गुनासो राखेका थिए । 
 
कार्यक्रममा सहभागी स्थानीय अभिभावक, शिक्षक, बाल क्लबका प्रतिनिधि र सामाजिक अभियन्ताहरूले पनि वडास्तरबाट बालबालिकाको शिक्षादीक्षा, स्वास्थ्य, खेलकुद र समग्र विकासका लागि प्रभावकारी कार्यक्रमहरू लागू गर्नुपर्नेमा जोड दिएका थिए।  

यस कार्यक्रममार्फत बालबालिकाका अधिकार र सुरक्षाका विषयमा व्यापक छलफल गरिएको थियो भने स्थानीय तहका प्रतिनिधिहरूले बालबालिकासम्बन्धी नीतिगत निर्णयमा उनीहरूको आवाजलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।

रेडियो कार्यक्रम सुन्न  तलको प्लेइ बटनमा क्लिक गर्नुहोला ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
भर्खरै