नेभिगेशन
सुदूरपश्चिम

जिल्ला अस्पताल बझाङले विभिन्न पदमा करार स्वास्थ्यकर्मी माग्यो

जिल्ला अस्पताल बझाङले विभिन्न पदमा करार स्वास्थ्यकर्मी मागेको छ । कोरोना महामारि बढ्दै गइरहेका बेला अस्पतालले सामाजिक सञ्जाल फेसबुक मार्फत एक  सूचना जारी गर्दै स्वास्थ्यकर्मी माग गरेको हो । 

अस्पतालको सूचनामा भनिएको छ,'सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेश धनगढी कैलालीको च.नं. २५८९ मिति २०७८/०१/१४ गतेको प्राप्त परिपत्रानुसार हालको कोभिड १९ संक्रमित बिरामीहरुकव उचित एवं प्रभावकारी उपचार व्यवस्थापनका लागि देहाय बमोजिम चिकित्सक एवं अन्य स्वास्थ्यकर्मीहरु आवश्यक भउकाले २०७८ असार मसान्तसम्म लागि सम्बन्धित तहको सुरु स्केलको सेवा सुविधा पाउने गरि सेवा करारमा भर्ना गर्नुपर्ने भएको हुँदा योग्यता पुगेका नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र दरखास्त पेश गर्नहुन सम्बन्धित सबैको जानकारिको लागि यो सूचना प्रकाशित गरिएको छ । रित नपुगी र म्याद नाघी आएका दरखास्त उपर कुनै कारबाही हुने छैन ।'

साथै अस्पतालले छनाैट जनशक्तिलाई मन्त्रालयबाट बजेट व्यवस्थापनपछि मात्रै नियुक्त गरिनेसमेत स्पष्ट पारेको छ ।
अस्पतालको सूचनामा मान्यताप्राप्त शिक्षण संस्थाबाट एमबिबिएस उर्तिण गरि मेडिकल काउन्सिलमा दर्ता नविकरण भएको एक जना डाक्टर,  एक जना हेल्थ असिस्टेन्ट (HA) र ५ जना स्टाफ नर्स माग गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै