नेभिगेशन
सुदूरपश्चिम

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। धनगढीबाट भलानेतर्फ गइरहेको से१ज ७९७ नम्बरको जिपको स्टेरिङको रड भाँचिएपछि जिप सडकबाट करिब पाँच मिटर तल खसेको हो।

दुर्घटनामा जिपका मालिक धनबहादुर माड (४० वर्ष) को टाउकोमा सामान्य चोट लागेको छ भने शिल्पा जप्रेल (२० वर्ष) को कम्मरमा चोट लागेको छ। शिल्पाको अवस्था मध्यम रहेको र दुबै जनालाई थप उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ। अन्य चार जना यात्रुहरूलाई कुनै चोटपटक नलागेको प्रहरीले जनाएको छ।

घटनापछि जिपका चालक राजेन्द्र भण्डारी (२७ वर्ष) लाई प्रहरी नियन्त्रणमा लिइएको छ। इलाका प्रहरी कार्यालय दुर्गाथलीबाट प्रहरी नायब निरीक्षक उत्तम खडकाको नेतृत्वमा तीन जनाको टोली घटनास्थलमा पुगेको थियो। घटनास्थल इलाका प्रहरी कार्यालयबाट करिब तीन किलोमिटर पूर्वउत्तरमा पर्छ।

सवारी दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

00000

यस्तै बझाङ जिल्लाको तलकोट गाउँपालिका-५ खौला बजारमा आज बेलुकी ५ः३० बजे सवारी दुर्घटना भएको छ । तल्कोट गाउँपालिकाको भक्तपुरतर्फ जाँदै गरेको सुप.प्र. ०१००च ४३२४ नम्बरको बोलेरो जिप ब्रेक फेल भई सडकबाट करिब १०० मिटर तल खस्दा चालकसहित ३ जना सामान्य घाइते भएका छन्।

दुर्घटनामा परेको बोलेरो जिप कैलाली, धनगढी उपमहानगरपालिका-८ का ३० वर्षीय दिपेन कठरियाले चलाएका थिए। घटनामा घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरू घर फर्किसकेको जनाइएको छ।

दुर्घटनाको जानकारी पाउनासाथ प्रहरी हवल्दार जितबहादुर ऐरको कमाण्डमा तीन जनाको टोली घटनास्थलमा पुगेको छ। खौला बजारबाट करिब ३ किमि उत्तरमा पर्ने यो स्थानमा जिप हालसम्म दुर्घटनास्थलमै रहेको छ।

सवारी दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

00000

यस्तै बझाङ जिल्लाको बुंगल नगरपालिका-४ पल्लो पिपल बजारमा आज बेलुकी ६:४५ बजे कुखुरा बोकेको जिप दुर्घटनामा २३० कुखुराको मृत्यु भएको छ। महेन्द्रनगरबाट बिजगडातर्फ गइरहेको से१च १५०३ नम्बरको बोलेरो जिप उकालो चढ्न नसकी एक्कासी ब्याक भई सडकबाट करिब ६ मिटर तल खसेको हो।

कन्चनपुर, पुनर्वास नगरपालिका-११ डोकेबजारका ३० वर्षीय चालक शंकर तामाङले चलाएको उक्त जिपमा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। जिपमा रहेका ४७० कुखुरामध्ये २३० कुखुराको घटनास्थलमै मृत्यु भएको छ भने बाँकी कुखुराहरूको अवस्था सामान्य रहेको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी पोष्ट बिजगडाबाट प्रहरी नायब निरीक्षक कृष्णराज भट्टको नेतृत्वमा तीन जनाको टोली घटनास्थलमा पुगेको छ। प्रहरीका अनुसार दुर्घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै