नेभिगेशन
सुदूरपश्चिम

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको बारेमा जानकारी गराइएको छ।

कार्यक्रम अन्तर्गत चालकहरूलाई सवारी गति सीमा, यान्त्रिक चेकजाँच, सिट क्षमताको पालना, र चालकको स्वास्थ्य अवस्थाबारे सचेत गराइएको थियो। साथै, सवारी दुर्घटना न्यूनीकरणमा चालकको मुख्य भूमिका र ट्राफिक नियमको पूणर् पालना आवश्यक रहेको विषयमा जानकारी दिइएको थियो।

सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू, ट्राफिक चिन्ह तथा संकेतको महत्व, सुरक्षित यात्रा र आम नागरिक तथा यात्रुको भूमिकाबारे पनि सम्झाइ बुझाइ गरिएको थियो।

कार्यक्रमको नेतृत्व ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक विनोद कुमार बिष्टले गरेका थिए। ट्राफिक सचेतनाले दुर्घटनाको जोखिम घटाउने र सुरक्षित यात्रा सुनिश्चित गर्ने लक्ष्य राखेको कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा नाबालिकाको हत्या आरोपमा एक व्यक्ति पक्राउ

बझाङमा नाबालिकाको हत्या आरोपमा एक व्यक्ति पक्राउ

बझाङको सुर्मा गाउँपालिका वडा नम्बर -१ नाउलीका ३२ वर्षीय प्रेमबहादुर बोहरालाई नाबालिका हत्या आरोपमा पक्राउ गरिएको छ। उनलाई उनकी श्रीमती मन्कली साउँदले दिएको उजुरीका आधारमा नियन्त्रणमा लिइएको हो।
भर्खरै