तागासेलाइ “तागासेलाईँ खी झुटेडा आइ झाया साथेउ” यी शब्दहरु म शान्ति माबी चौघानपाटा बझाङमा २०५१-५५ सम्म कक्षा ६ देखि १० सम्म पढ्दा ताका झुटेडातिरका साथीहरूले तागासेलाइको लागि निमन्त्रणा स्वरुप आफ्ना मन पर्ने र नजिकका साथिहरुलाई भन्ने गरेका शब्दहरु हुन । आफ्नो परिचय र घनिष्ठता भएका साथीभाइ, इस्ट्रमित्रलाई यसरी तागासेलाइमा निमन्त्रणा गर्ने गरिन्छ ।
मेरा पनि झुटेडाका मस्तै साथीहरु थिए I जस्तै मेरै ब्याजका मात्र पनि पद्म नारायण जोशी, हर्क देब जोशी, हर्क प्रसाद जोशी, शम्भु राज थापा, बसन्तराज थापा, निर्मला थापा, ऐन ब थापा, दिल बहादुर ओड, लाल बहादुर थापा, शंकर थापा, खडक बिक, इस्वरी ओड, इन्द्रा थापा, अर्जुन थापा, भैरब ब थापा, कृष्ण राज रेग्मी, हंस ब थापा, उजली खत्री, दुर्गा जोशी, लक्ष्मी राज जोशी, चन्द्र ब थापा, धनचन्द्र थापा, प्रेम खत्री आदि । हप्तौ अगाडि देखि नै तागासेलाइ खी मेरा घर झुटेडा झाउली हा साथी भनेर अग्रिम निमन्त्रणा गर्ने गर्थे । म नि धेरै पटक तागासेलाइ खी झुटेडा गयाको छु। विशेषत मेरा क्लास फ्राइन्ड चडीमाल्ला साथी अर्जुन थापाका घर सहित हेडसर राम बहादुर थापा, शेर बहादुर थापासरका घर, र ठुलाखाल बसन्त राज थापाका घर तागासेलाई खी धेरै चोटी गयाको छु । झुटेडीहरुको आत्मीयपन र आतिथ्यपन मलाई ज्यादै श्रहानिय लाग्छ । झुटेडा जानू भयो भने पहिलो शब्द "ओहो सा का बाटी आया, खानु खाया हौला कि भोकाइ हौ धेक्या" भनेको पाइन्छ, जसबाट नै आतिथ्य र आत्मीयपन प्रसस्तै झल्किन्छ । झुटेडा छबिस पाथीभरा गाउँ पालिकाको वडा न ४ मा पर्छ । शान्ति माबीको प्रांगणमाबाट देखिने घना रमणीय टिकाको जंगलको बीच हुदै २०-२५ मिनेट हिडेपछि र जयपृथी राज मार्गको भाडे बजारबाट ओकालो गएर जिउली गाउँपछि पिपलको रुख हुदै अझै माथी पर पुगे पछिको गाउँ हो झुटेडा ।
झुतेडा मल्लो गाउ, तल्लो गाउ, दान्ना र तल खेत शाश्री सरको बिजुली पाओर हाउस सम्म फैलिएको छ। थापाहरुको बाहुल्यता रहेको सो गाउमा जोशी, खत्री, रेग्मी,राना, कामी र ओड थरका मान्छेहरु बस्छन । शिक्षाको हिसाबमा पनि छबिस क्षेत्रमा धेरै पढेलेखेकाहरु भएको गाउँ हो । उहिलेका मुखिया कलक थापा, तिलक ब थापा (तिखे बैदार) र हालका सुदुर पश्चिम विश्वबिद्यालयका उपकुलपति डा अम्मराज जोशी, पुर्ब मन्त्री भानुभक्त जोशी, बरिस्ठ अधिकृत अम्मराज खत्री, प्रथम श्रेणीका शान्ति माबी का हेडसर राम ब थापा, शाश्रीसर धनराज जोशी, बिष्णु जोशी, शेर ब थापा, रामगिरि जोशि, हर्क प्रसाद जोशी, डा अरुण प्रसाद जोशी, भिम बहादुर थापा, श्याम बहादुर थापा, बिनोद बहादुर थापा, उपाध्यक्ष राधिका रातला, स्वास्थ्य सयोजक अमर बहादुर थापा, कुम्भ राज राना, गङ्गा दत्त जोशी युवाहरु सुरेश राना, विकास थापा आदि इत्यादि प्रसस्त नाम चलेका बुद्धिजीवी र प्रतिष्ठित मान्छेहरु भएको गाउँ हो । अहिले पनि उक्त गाउका युबाहरु देश बिदेशका विभिन्न ठाउमा बिभिन्न ओहदामा पुगी सेवा गरी रहेका छन ।
झुटेडी भन्नाले झुटेडा गाउँमा बस्ने सबैलाई समग्रमा बुझिन्छ । तर बाहुल्यता चाहिँ थापाहरुको रहेकोछ । बझांग राज्यमा र पन्चायतकाल देखि थापा खलकको बझाङ राज्यमा ठुलो प्रभाब रहेको पाइन्छ । पन्चायतमा मुखिया कलक थापा, तिलक ब थापा (तिखे बैदार) बिशिस्ट ब्यक्तिहरु नै थिए जस्को प्रभाब छबिस क्षेत्रमा सहित जिल्लामा थियो । स्थानीय मेरा सह पाठी साथी लाल बहादुर थापाका अनुसार बझाङ राज्य हुँदाका "काजी" अनि बान्नी मस्टा देवताले उनका आलिपालिको रक्षाका निम्ति तोकिएको जाती झुट्याणी थापा हुन रे । मष्टा देवताले भन्ने नाम "लौण्या" झुटेडीको पर्यायबाची बझाङ राज्यको लागि एक शक्तिशाली मानिन्थे रे। स्थानीय तागासेलाइ पर्बलाई परंपरागत रुपमा महिलाहरूले आफ्नो पुरानो "तागा" सेलाएर (निकालेर) नयाँ तागा (महिलाले पाखुरामा बाध्ने विशेष प्रकारको धागोले बनाएको डोरी जस्तो) फेर्ने दिनलाई तागासेलाइ मान्ने गरिन्छ । जुन हरेक बर्ष कार्तिक २३ गतेमा विभिन्न खानाका परिकार (विशेष गरि बाबर) बनाएर खानपिन गरि सबै झुटेडीले मनाउने गर्छन । बर्खे बाली भित्र्याइ सकेर हिउदेवाली लगाइ सकेपछि एक प्रकारको खुसियाली मनाउदै घरेलु उत्पादनहरुबाट मिठा मिठा खानेकुरा बनाई आफन्त इस्ट कुटुम्ब बोलाएर रमाइलो गरि खाने पर्वको रुपमा मानिन्छ। बदलिँदो समाज, संस्कार सहित परम्पराको रक्षा गर्न आवस्यक रहेको महशुस गर्दै झुतेडा जाऔं, तागा सेलाइका बाबर खाऔं जस्ता बिभिन्न नारा सहित हरेक बर्ष कार्तिक २३ गते विविध साFस्कृतिक तथा खेलकुद कार्यक्रम गरि जिल्ला सम्मका उच्च पदस्थ पाहुना सहित बोलाइ बालबच्चा, बुढापाका,युबा सबै सम्मिलित भइ धुमधाम तागासेलाइ मनाउने गर्ने गरेको देखिन्छ ।
जुन सारै सह्रानिय काम हो । हार्दिक शुभकामना । जय झुतेडा, जय झुतेडी ।
(लेखक: डबलबहादुर धामी सह.प्रा.डा. रेक्टर कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान, जुम्ला छाबिस पाथिभरा -५ बझाङ । )