नेभिगेशन
सुदूरपश्चिम

अझै सुचारु भएन जयपृथ्वी राजमार्ग, दुईवटा जेसिबि खटिए पनि पहिरोले चुनौती दियो

जयपृथ्वी राजमार्ग अन्तर्गत छबिसपाथिभेरा - १ बालुवाटार नजिक खसेको पहिरो २४ घण्टा बिते पनि सुचारु हुन सकेको छैन । पहिरो पन्छाउन दुईवटा जेसिबि खटिए पनि माथिबाट निरन्तर पहिरो खसिरहेका कारण सडक सुचारु गर्न नसकिएको हो । आइतबार पनि ढुङ्गा खसिरहेका कारण सडक सुचारु गर्न सकिएको थिएन ।

सडक पुरिने गरि पहिरो खसेका कारण यात्रुहरु हिडेर वारपार गरेर गन्तव्यतिर गइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङका प्रमुख बिनोद विष्टले बताउनुभयो । उहाँका अनुसार सडक मुनी स्थानीयको खेतबारी भएका कारण ढुङ्गा माटो अन्य ठाउँमा व्यवस्थापन गर्नुपर्ने हुँदा थप समय लागिरहेको छ । अहिले पनि पुन: पहिरो खसिरहेकाले दुबै जेसिबी थन्किएको प्रमुख विष्टको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै