नेभिगेशन
सुदूरपश्चिम

सरसफाईको चेत खुलाउन बित्थडचिरका उपाध्यक्षलाई फोहोर उपहार

बझाङको बित्थडचिर गाउँपालिकाका उपाध्यक्षलाई फोहर उपहार दिइएको छ। पालिकालाई सफाइ राख्न प्रतिकात्मक रुपमा फोहर दिइएको हो। नेपाल रेड क्रस सोसाइटीद्वारा संचालित ‘परिवर्तक’(द चेन्ज मेकर) अभियान अन्तर्गत बित्थडचिर गाउँपालिका–९ को सुनकुडा बजारमा सरसफाई अभियान गरिएको छ।

कार्यक्रमको उद्घाटन गर्दै सुनकुडा नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक मदनबहादुर बमले सरसफाई अभियानले विद्यार्थीहरूमा जनचेतना फैलाउने र वातावरणीय प्रदूषण घटाउने महत्तवपूर्ण भूमिका खेल्ने बताए। उनले जलवायु परिवर्तनका कारण उत्पन्न समस्याहरूलाई न्यूनीकरण गर्न यस्ता कार्यक्रमहरू विशेष महत्तवपूर्ण रहेको औंल्याए।

बित्थडचिर गाउँपालिका–९ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता हरिचन्द्र जोशीले अभियानले समाज सुधार र वातावरणीय संरक्षणको नयाँ चरणको थालनी गरेको बताउँदै, सरसफाईले मात्र होइन, जलवायु परिवर्तनको प्रभावलाई पनि सम्बोधन गर्नुपर्छ भन्ने सन्देश दिएका थिए।

बित्थडचिर गाउँपालिका उपाध्यक्ष धनलक्ष्मी मल्लले यो अभियानले गाउँपालिकाको ध्यानाकर्षण गराएको बताउँदै, फोहोर व्यवस्थापनलाई स्थानीय सरकारको प्राथमिकतामा राखिने कुरा बताइन्। साथै, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न र वातावरणीय सन्तुलन कायम गर्न फोहोर व्यवस्थापनको महत्वमा जोड दिइन्। उनले गाउँपालिकाले फोहोर व्यवस्थापनको लागि ठोस कदम चाल्न सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत जनाइन्।

अभियानका अभियन्ता कपिल बिष्टले बित्थड चिर गाउँपालिकाले हालसम्म फोहोर व्यवस्थापनका लागि आवश्यक कदम नचालेको उल्लेख गर्दै, बजारमा उठ्ने फोहोर व्यवस्थापनका लागि डम्पिङ साइटको तत्काल व्यवस्था गर्नुपर्ने कुरामा जोड दिए। उनले बजार सरसफाईबाट सङ्कलित फोहोरलाई प्रतीकात्मक रूपमा गाउँपालिका उपाध्यक्षलाई हस्तान्तरण गर्दै स्थानीय सरकारलाई सचेत गराएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै