नेभिगेशन
सुदूरपश्चिम

पालिकाहरुलाई स्वास्थ्य कार्यालय बझाङको पत्रः अव त आइसोलेशन निर्माण गर 

बझाङ :  कोरोना संक्रमण व्यापक रूपमा फैलिरहेको र दैनिकजसो संक्रमितको मृत्यु हुँदा पनि बझाङका स्थानीय तहले महामारीको वेवास्ता गरेका छन्। क्वारेन्टाइन, आइसोलेसनको निर्माण तथा व्यवस्थापन गर्नुपर्ने, संक्रमण फैलिन नदिन कन्ट्रयाक्ट ट्रेसिङमा जुट्नुपर्ने स्थानीय तहहरू महामारीका बेला सुस्त देखिएका हुन्। महामारी रोकथामका लागि पालिकाहरू सक्रिय नभएका कारण भारत तथा नेपालका अन्य जिल्लाबाट आउनेहरू सोझै घरपरिवार र समुदायको सम्पर्कमा जाँदा समुदायस्तरमा संक्रमण फैलिएको जनाएको छ।

सोमबारमात्रै कुनै पनि ट्राभल हिस्ट्री नभएका जयपृथ्वी नगरपलिकाका–१ र तलकोट गाउँपालिकाका १ गरी दुई महिला संक्रमितको मृत्यु भएको थियो। मंगलबार ३८ जनाको रिपोर्ट पोजेटिभ आएपछि  जिल्लामा संक्रमितको संख्या २ सय ५३ पुगेको छ। दुई साताको अवधिमा बझाङमा ५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन्।  स्थानीय तहले महामारी नियन्त्रणका लागि अग्रसरता नलिँदा जिल्लामा संक्रमणको अवस्था भयावह हुन थालेको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ। 

नागरिक समाजका अगुवा धर्मजंगबहादुर सिंहले भने, ‘अहिले घरघरमा कोरोना संक्रमितहरू उपचारको आशामा बसिरहेका बेला आफ्नो जिम्मेवारीबाट पन्छिएर जनप्रतिनिधिहरूले गैरजिम्मेवार चरित्र देखाएको बताउनुभयो।’ यसैबीच स्वास्थ्य कार्यालय बझाङले पालिकाहरूले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले गरेको निर्णय र स्वास्थ्य कार्यालयले गरेको अनुरोधको समेत बेवास्ता गरेकाले संक्रमण भयावह हुन थालेको भन्दै ध्यानाकर्षण पत्र लेखेको छ। ‘यस्तो जटिल अवस्थामा पनि स्थानीय तहहरूमा आइसोलेसन केन्द्र स्थापना नहुँदा संक्रमितहरू जोखिमपूर्ण तरिकाले घरमै बस्नुपर्ने बाध्यता छ ।’ स्वास्थ्य कार्यालयका प्रमुख भानुभक्त जोशीले जारी गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ, । 

पत्रमा महामारीको जोखिमको गाम्भीर्यतालाई मध्यनजर गर्दै अवस्था थप भयावह हुन नदिन प्रत्येक पालिकाले कम्तीमा २० बेडको आइसोलेसन केन्द्र स्थापना गरी संक्रमितको व्यवस्थापन गर्न ध्यानाकर्षण गराइएको छ। कार्यालयले पटक–पटक पत्राचार गरेको र डीसीसीएमको बैठकले निर्णय गर्दा पनि महामारी नियन्त्रणका लागि पालिकाहरू सक्रिय नभएकोले ध्यानाकर्षण पत्र लेख्नुपरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नारायण जोशीले बताए। 

पालिकाका जनप्रतिनिधिहरूसँग सम्पर्क गर्दा कोही महामारी नियन्त्रणलाई लिएर हल्का रूपमा प्रस्तुत भए भने केहीले स्वास्थ्य कार्यालयले भने जस्तो आफूहरूले बेवास्ता नगरेको बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै