नेभिगेशन
जयपृथ्वी विशेष

झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

नागढुंगा सुरुङ पार गरेर काठमाडौंतर्फ अगाडि बढ्दा तीन घुम्ती पार गरेपछिको चौथो घुम्ती हो, झ्याप्ले खोला । त्यही झ्याप्ले खोलाको पहिरोभन्दा करिब सय मिटर तल अर्कै गाडीमा रहेका एक यात्रुका अनुसार त्यो घटना कहालीलाग्दो थियो। 

निरन्तरको झरीका बीचमा एक पटक ठूलो गर्जनसहित पहिरो खसेपछि त्यताबाट हारगुहारको आवाज पनि सुनिएको थियो। त्यही पहिरोले पुरेर लिएको थियो बझाङको जयपृथ्वी नगरपालिका–१ चिउरीका नरेन्द्र बहादुर सिंहका जेठा छोरा नवीन सिंहको ज्यान । उनी शुक्रबार साँझ २५ वर्षको कलिलै उमेरमा अस्ताउन पुगे। चितवनस्थित रामपुर कृषि क्याम्पसमा कृषि विज्ञानमा स्नातक पढिरहेका उनको सपना कृषि विज्ञ बन्ने थियो। 

अन्तिम वर्षको पढाइ सकेर डोल्पा जिल्लामा ओजेटी गरेका नवीन त्यही रिपोर्ट बुझाउन क्याम्पस गएका थिए। नवीनका आफन्त सुन्दर सिंहका अनुसार शुक्रबार साँझ उनी चढेको गाडी पहिरोमा पुरिएको हो। पढाइमा जेहेन्दार नवीन पूर्ण छात्रवृत्तिमा रामपुर क्याम्पसमा पढिरहेका थिए।

मिलनसार र मिजासिलो व्यवहारले गाउँमा पनि सबैको प्यारो नवीनको मृत्युको खबरले वडा नै शोकमग्न भएको छ। बीएस्सी एजीको अध्ययन सकिएकोले दुई वर्ष विदेश गएर पढ्ने र भविष्यमा कृषि विज्ञ बन्ने सपना बुनेका नवीनको मृत्युले परिवारमा मात्रै नभएर सिंगै गाउँलाई क्षति पुगेको घचाया माविका लेखापाल दिपेन्द्र खड्काले बताए। २५ वर्षीय नवीनको शव बुझ्न उनका बुवा नरेन्द्र सिंहलगायत आफन्तहरु काठमाडौं पुगेका छन्। 

बुबा नरेन्द्र सिंह घचाया मा.बि का शिक्षक हुन् भने नेपाल शिक्षक महासंघ मष्टा गाउँपालिकाका संस्थापक अध्यक्ष पनि हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप जयपृथ्वी विशेष
देउडामा आमा भन्दा छोरी कडा

देउडामा आमा भन्दा छोरी कडा

सुदूरपश्चिम र कर्णाली क्षेत्रमा देउडा पारखीहरुकाबीच चर्चित नाम हो-राजकला धामी ।  सुदूरपश्चिम प्रदेशमा त झन् जहाँ ठूलो देउडा खेल (प्रत्यक्ष सवाल जवाफ हुने प्रतियोगिता) हुन्छ, त्यहाँ राजकला धामीको...
'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

बुंगल नगरपालिकाका अपांगता भएका व्यक्तिले स्थानीय सरकारले आफूहरुको वेवास्ता गरेको गुनासो गरेका छन् ।  
विदेश उडेको एक महिना नपुग्दै सपना चक्नाचुर

विदेश उडेको एक महिना नपुग्दै सपना चक्नाचुर

‘दाइ म यहाँ ठीक छु। काम भइरहेको छ। त्यहाँ भूकम्पको त्रास कस्तो छ ? हाम्रो घरमा कति क्षति भयो ? आमाबुबा भाइको विचार गर्नुहोला।’
भर्खरै