नेभिगेशन
सुदूरपश्चिम

बझाङमा उत्कृष्ट काम गर्ने पालिका, स्वास्थ्यकर्मी, कर्मचारी र विकास साझेदार संघसंस्था पुरस्कृत र सम्मानित

बझाङ जिल्लाका स्वास्थ्य संस्थाको वार्षिक समीक्षा कार्यक्रम आज सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय बझाङको आयोजनामा जिल्ला अस्पताल लगायत १२ वटै गाउँपालिकाका स्वास्थ्य चौकी र वडास्तरमा सञ्चालन हुँदै आएका स्वास्थ्य संस्थाको समीक्षा कार्यक्रम तीनदिन अघिदेखि जिल्ला समन्वय समितिको हलमा सञ्चालन भएको थियो । कार्यक्रममा बझाङका स्वास्थ्य संस्थाको समीक्षा कार्यक्रम सुरु भएको भन्दै गाउँपालिका स्तरमा ०८०/८१ मा भएका कामको लेखाजोखा भएको थियो ।

तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा सबै पालिकाका स्वास्थ्य शाखाले एक वर्षमा भएका स्वास्थ्य क्षेत्रको प्रगति, भोगिएका समस्या, समाधानका लागि चालिएका कदमको विवरण प्रस्तुत गरिनुका साथै विभिन्न विकास साझेदार संघसस्थाका राय सुझाव र चुनौती प्रस्तुत गरिएको थियो । आज कार्यक्रमको अन्तिम दिन सबैबाट आआफ्नो प्रतिवेदन सार्वजनिक गरेर जिल्लाकै उत्कृष्ट पालिकालाई घोषित गरिनुका साथै स्वास्थ्य क्षेत्रमा राम्रो काम गर्ने स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी र  विकास साझेदार संघ संस्थालाई सम्मान गरिएको छ ।

जिल्ला समन्वय समितिका उपप्रमुख कृष्ण बिष्टको अध्यक्षतामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीको समापन कार्यक्रममा स्वास्थ्य सेवा प्रवाह तथा स्वास्थ्य कार्यक्रम सम्बन्धी सूचकहरुको आधारमा मुल्यांकन गरि प्रथम छबिसपाथिभेरा र जयपृथ्वी नगरपालिका, थलारा गापा द्धितिय र तृतिय बुंगल नपालाई पुरस्कृत गरिएको छ भने स्वास्थ्य क्षेत्रको आधार स्तम्भको रुपमा समुदायमा निरन्तर क्रियाशिल दुर्गाथली गाउँपालिका वडा नम्बर ४ मा कार्यरत महिला सामुदायिक स्वास्थ्य स्वयम सेविका हर्कुदेवी जोशीलाई पनि सम्मान गरिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरिक्षक नारायण जोशीले बताउनुभयो । 

यस्तै स्वास्थ्य संस्थामा गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह, प्रभावकारिता र दिगोपनाका लागि उत्कृष्ट कार्य सम्पादन वाफत जिल्लाका १२ वटै स्थानीय तहमा रहेका स्थानीय स्वास्थ्य स्ंस्थामा कार्यरत २७ जना स्वास्थ्यकर्मी र स्वास्थ्य कार्यालयमा कार्यरत पाँच जना कर्मचारीलाई सम्मानित गरिएको छ । त्यस्तै बझाङ जिल्ला रही स्वास्थ्य क्षेत्र सहयोग र सहजीकरण गरिरहेका १० वटा विकास साझेदार संघ संस्थालाई पनि प्रसंसा पत्र प्रदान गरिएको छ ।

त्यस्तै स्वास्थ्य क्षेत्रमा विगत लामो समयदेखि गुणस्तरिय चिकित्सकिय सेवा र विरामीको हेरचाहमा उल्लेखनिय योगदान जिल्ला अस्पतालका डाक्टर सिद्धराज रोकाया, डाक्टर पदमराज जोशी, वरिष्ठ अस्पताल नर्सिङ निरिक्षक सुनिता खत्री र अनमी सत्य कुमारी खड्कालाई पनि सम्मानित गरिएको स्वास्थ्य कार्यालय बझाङका जनस्वास्थ्य निरीक्षक दीपक ऐडिले बताउनुभयो ।

sammanit2024-09-29-at-5.22.33-PM-1727622402.jpg
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै