नेभिगेशन
सुदूरपश्चिम

पाण्डु मावि पडेशले पायो लालबहादुर खड्काको नेतृत्वमा नयाँ विद्यालय व्यवस्थापन समिति


लामो समयदेखि विवादित हुँदै आएको पाण्डु मावि पडेश बझाङको नयाँ विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियाले आज पूर्णता पाएको छ । आज बसेको सर्वपक्षिय भेलाले लालबहादुर खड्कालाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको हो ।

समितिमा अध्यक्ष लालबहादुर खड्कासहित सदस्यहरु नवराज विष्ट, रामबहादुर खड्का, पदेन सदस्य वडाध्यक्ष गंगबहादर खड्का, महिला सदस्यहरु नन्दा खड्का,  जुना वड र सारदा नेपाली सर्वसम्मत चयन हुनुभएको छ । यस्तै आजै गठन भएको शिक्षक अभिभावक संघमा  केसब विष्टसहित ११ जना चयन हुनुभएको पाण्डु माविका शिक्षक उत्तमबहादुर साउँदले जानकारि दिनुभएको छ । 

समितिको गठन विद्यालयको वार्षिक साधारण सभामा भएको थियो, जसमा विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको सुरुआत विद्यालयका प्रधानाध्यापक जनकराज जोशीले विद्यालयको हालको शैक्षिक अवस्थाबारे जानकारी दिँदै, नयाँ समितिले विद्यालयको शिक्षामा गुणस्तरीयता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गर्नुभयो।

समितिका नवनिर्वाचित अध्यक्ष लालबहादुर खड्काले विद्यालयमा शैक्षिक परिवर्तन ल्याउन एकजुट भएर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ। उहाँका अनुसार विद्यालयमा नयाँ पाठ्यक्रमको कार्यान्वयन, विद्यार्थीको व्यक्तित्व विकास र अतिरिक्त क्रियाकलापहरूमा जोड दिइने छ।

यसअघि सत्यवादी माविमा कुशल प्रधानाध्यापकको भुमिका निभाइसक्नुभएका अध्यक्ष खड्कालाई सबैले पाण्डु मावि पडेश आफ्नै स्थानीय विद्यालय भएकाले विद्यालयको शैक्षिक, प्रशासनिक र संरचनागत व्यवस्थापनलाई थप प्रभावकारी बनाउन भुमिका खेल्ने आशा राखेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै