नेभिगेशन
सुदूरपश्चिम

साइपालको धलौनमा खुल्यो बैंक, धमाधम खाता खोलिदै

स्थानीय तह भएको ८ वर्षपछि साइपालमा बैंक खुलेको छ। अहिलेसम्म पनि बैंकविहीन रहेको बझाङको साइपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा विस्तार भएको हो।

गाउँपालिकाको प्रवेशमार्गमा रहेको पहिलो गाउँ धलौनमा एभरेष्ट बैंकले शाखा स्थापना गरेर संचालनमा ल्याएको हो। बैंक संचालनमा आएपछि खाता खोल्ने काम भइरहेको बैंकका साइपाल शाखा प्रमुख रामकुमार थापाले बताए।

बैंकका लागि आवश्यक पर्ने विद्युत आपुर्ति गर्न गाउँपालिकाले करिब १० लाख रुपैयाँ बराबरको पाँच किलोवाट सोलार जडान गरिदिएको छ। नेपाल राष्ट्र बैंकले २०७४ सालमै साइपाल गाउँपालिकामा बैंकिङ सेवा दिने जिम्मा एभरेष्ट बैंकलाई दिएको थियो।

 ‘सात सय ५३ पालिकाकामध्ये बैंक नभएको एउटा मात्रै पालिका साइपाल हो । यहाँ आएर सेवा दिन पाएकोमा हामी खुसी छौँ,' बैंकका साइपाल शाखा प्रमुख रामकुमार थापाले भने, ‘स्थानीय तह भएको आठ वर्षपछि बैंक देख्न पाउँदा स्थानीय पनि खुसी भएका छन् ।'

उनले बैंक स्थापना तथा संचालनका दौरान स्थानीयबाट राम्रो सहयोग र प्रतिक्रिया पाएको बताए । बैंकका लागि आवश्यक पर्ने विद्युत आपुर्ति गर्न गाउँपालिकाले करिब १० लाख रुपैयाँ बराबरको पाँच किलोवाट सोलार जडान गरिदिएको छ । यद्यपि बेला बेला इन्टरनेटमा समस्या आइरहेकोले काम गर्न बाधा पनि परिरहेको उनले बताए ।

नेपाल राष्ट्र बैंकले २०७४ सालमै साइपाल गाउँपालिकामा बैंकिङ सेवा दिने जिम्मा एभरेष्ट बैंकलाई दिएको थियो । सडक, संचार, सुरक्षा लगायतका पुर्वाधारहरु स्थानीय तहमै उपलब्ध नभएसम्म त्यहाँ शाखा स्थापना गर्न नसक्ने भन्दै एभरेष्टले बैंक स्थापना गर्न आनाकानी गर्दै आएको थियो ।

बैंक नभएका कारण साइपालका बासिन्दाले स्थानीय सरकारको अनुभूति गर्न नपाएको भन्दै पालिकाका जनप्रतिनिधिहरु बैंक स्थापना गरिमाग्न पटक-पटक काठमाडौँ धाउँदै आएका थिए । गत चैतमा नेपाल राष्ट्र बैंकका निर्देशक सत्येन्द्र तिमिल्सिनाको नेतृत्वमा उपनिर्देशक टिकाराम तिमिल्सिना, सहनिर्देशक उत्तम गौनी, एभरेस्ट बैंकका उपमहाप्रबन्धक आशुतोस शर्मा र एभरेस्ट बैंककै बझाङ शाखा प्रमुख कुमार थिङ सहितको टोली साइपाल गाउँपालिकामा स्थलगत अध्ययनको लागि पुगेको थियो ।

टोलीको सिफारिसको आधारमा यो वर्षभित्रै बैंक स्थापना गर्ने गरी नेपाल सरकारले नीति तथा कार्यक्रम समेत ल्याएको थियो ।पालिकामा बैंक नहुँदा आर्थिक कारोबार गर्न समस्या हुने भन्दै साइपाल गाउँपालिकाको कार्यालय सदरमुकाम चैनपुरमा घर भाडामा लिएर चलिरहेको छ ।

योजनाको सम्झौतादेखि सामान्य सिफारिसका लागि पनि यहाँका स्थानीयले दुईदेखि चार दिनसम्म पैदल हिँडेर सदरमुकाम पुग्नु पर्ने बाध्यता रहेको थियो । सम्झौता गर्न र रकम झिक्न सदरमुकाम आउजाउ गर्दा उपभोक्ता समितिका पदाधिकारीले योजनाकै रकमबाट खाना, यातायात र बास बस्दा लाग्ने खर्च लिने गरेका कारण यहाँ बन्ने योजनाको रकम पनि बाटैमा खर्च हुने गरेको थियो ।

योजना सम्झौता गर्न, खाता खोल्न, समितिको खातामा रकम जम्मा गर्न उपभोक्ता समितिका पदाधिकारीलाई आउजाउ गर्न प्रत्येक पटक कम्तीमा छ देखि १२ दिनसम्म समय लाग्दा योजनाको काम पनि प्रभावकारी भइहेको थिएन ।तत्कालीन स्थानीय तह पुनर्संरचना आयोगले साविकको काँडा गाविसलाई तलकोट गाउँपालिकामा गाभेको थियो ।

तलकोट पुग्न हिँडेर तीन दिन लाग्ने भएकोले यहाँका बासिन्दालाई असहज हुने भन्दै काँडा छुट्टै गाउँपालिका हुनु पर्ने माग गर्दै स्थानीयले त्यस बेला लामो संर्घष गर्नु परेको थियो । स्थानीयस्तरमै सुविधा पाउनका लागि आठ महिना लामो संघर्ष गरेर छुट्टै गाउँपालिकाको मान्यता पाएको साइपालका जनताहरुले पालिकामा बैंक नभएका कारण गाउँमा सिंहदरबार आएको अनुभव गर्न पाएका थिएनन् ।

अहिले पालिकामा बैंक स्थापना भए पनि वडा नं एक र दुईका स्थानीयलाई सहज हुने, तर उतरी क्षेत्रमा रहेका वडा नं ३, ४ र ५ का बासिन्दालाई भने खासै सहज नहुने स्थानीयले बताएका छन् । बैंक रहेको गाउँ धलौन पुग्न धुली, बलौडी र न्युनाबाट एक दिन पैदल हिड्नुपर्छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

निर्माणाधिन घरको धुरी भाँचिदा २ वटा गाेरू मरे, एक महिला घाइते

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशमा निर्माणाधिन गोठको धुरी भाचिदा गोठमा रहेका २ वटा गोरु मरेका छन् ।
बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङका विभिन्न ठाउँमा तीनवटा जीप दुर्घटना, सवार यात्रु सकुशल, २३० कुखुरा मरे

बझाङको दुर्गाथली गाउँपालिका-१ बुङगामा आज मिति २०८१ मङ्सिर ६ गते बिहान ८ बजे जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपालद्धारा मष्टा -७ दयमा लसुन पकेट क्षेत्र स्थापना, वडा वडामा किसान लक्षित कार्यक्रम सञ्चालन

साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ ।
बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

बझाङमा ट्राफिक प्रहरीद्वारा '१ मिनेट कार्यक्रम’ सञ्चालन

दुर्घटना न्यूनीकरणको उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले मंसिर ४ गते '१ मिनेट कार्यक्रम’ सञ्चालन गरेको छ। कार्यक्रममा सवारी साधनका चालक र यात्रुहरूसँग सवारी सुरक्षा र ट्राफिक नियमको...
भर्खरै