नेभिगेशन
जयपृथ्वी विशेष

बझाङका एक युवा जसले आफन्त भेट्न नपाउँदै कोरोना कारण ज्यान गुमाए  

बझाङ : 'बझाङका एक व्यक्ति बेहोस् अवस्थामा वैशाख १४ गते सेती प्रादेशिक अस्पतालमा पुगे । उनी बोल्न नसक्ने अवस्थामा एक्लै अस्पताल पुगेका थिए । त्यतिवेला उनको साथमा आफन्त तथा साथिहरु कोही पनि थिएनन् । उनी उमेरले २६ वर्षका युवा थिए । अस्पतालले एन्टिजेन्ट परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखियो । उनको अवस्था निकै नाजुक भएकाले उनलाई डाक्टरले नाम ठेगाना सोधपुछ गर्दा बोल्न सकेनन् । अस्पतालको आइसियु राखेर उनको उपचार त थालियो तर वैशाख २० गते राति १० बजे अन्तिम विदाईका हात हल्लाए । हाम्रो सम्पर्कमा उनका कोही पनि आफन्त आएनन् । उनको शव व्यवस्थापनका लागि अस्पतालले जिल्ला प्रशासनलाई  जिम्मा लगाएको छ। बझाङ र समथिङ् के भण्डारी मात्रै भनेका हुन् हामीले उनको विस्तृत ठेगाना थाहा पाएनाैं ।,' सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले द जेपी डेलीसँग भने ।

त्यसपछि जेपी डेलीले ती युवाको ठेगाना खोज तलास गर्दा उनी केदारस्युँ गाउँपालिका-१ जुवाली खेतका रहेको तथ्य उनका आफन्तबाट पत्ता लगायो । ती युवा धनगढीमा ट्रिपर डाइभर भएर लामो समयदेखि बसिरहेका थिए । उनका बुवाआमा छैनन् । घरमा अवस्था निकै नाजुक रहेको र दाजुभाईहरु भए पनि उनीहरु आआफ्नै काममा व्यस्त भएकाले धनगढी जान नसकेको उनका आफन्तले जनाए । जिल्ला जिल्लामा लागू भएको निषेधाज्ञा र आर्थिक समस्या हुँदा आफन्त त्यहाँसम्म जान नसकेको जानकारी द जेपी डेलीलाई थाहा हुन पुग्यो । उनको शव जिल्ला प्रशासन कार्यालयले व्यवस्थापन गरिसकेको जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
रमेश बोहरा विगत ४ वर्षदेखि रेडियो क्षेत्रमा छन् ।
थप जयपृथ्वी विशेष
झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

नागढुंगा चेकपोस्टबाट २.७ किलोमिटर मात्रैको दूरीमा रहेको झ्याप्ले खोलानजिक आइपुग्दा शुक्रबार राति धेरै यात्रुले राजधानी नै प्रवेश गरिसकेको सोचेका थिए। झ्याप्ले खोला कटेलगत्तै काठमाडौं सुरु हुन्छ।
देउडामा आमा भन्दा छोरी कडा

देउडामा आमा भन्दा छोरी कडा

सुदूरपश्चिम र कर्णाली क्षेत्रमा देउडा पारखीहरुकाबीच चर्चित नाम हो-राजकला धामी ।  सुदूरपश्चिम प्रदेशमा त झन् जहाँ ठूलो देउडा खेल (प्रत्यक्ष सवाल जवाफ हुने प्रतियोगिता) हुन्छ, त्यहाँ राजकला धामीको...
'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

बुंगल नगरपालिकाका अपांगता भएका व्यक्तिले स्थानीय सरकारले आफूहरुको वेवास्ता गरेको गुनासो गरेका छन् ।  
भर्खरै