नेभिगेशन
समाचार

यस्तो छ आजको मौसम, यी चार प्रदेशमा घनघोर वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै नेपालमा उत्तरी मध्य महाराष्ट्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदलीदेखि पूर्णतया बदली रहेको छ। सबै प्रदेशको एक– दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।  

आज दिउँसो देशभर साधरणतया बदली देखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र  कर्णाली  प्रदेशका थोरै स्थानहरूमा धेरै वर्षाको पनि सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा घनघोर वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

आज राति देशभर साधरणतया बदली देखि पूर्णतया बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा  घनघोर वर्षाको पनि सम्भावना रहेको छ ।

साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा घनघोर वर्षाको  सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रहरूमा डुबानको  जोखिम, ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्ने जोखिम तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाचार
बझाङमा नेपाल टेलिकमको इन्टरनेट कछुवा गतिमा

बझाङमा नेपाल टेलिकमको इन्टरनेट कछुवा गतिमा

बझाङ सदरमुकाम चैनपुरमा नेपाल टेलिकमको इन्टरनेट सेवा सुस्त गतिमा सञ्चालन भइरहेको उपभोक्ताहरूले गुनासो गरिरहेका छन्।
लक्ष्मी लघुवित्तद्वारा मृतक सदस्यको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण

लक्ष्मी लघुवित्तद्वारा मृतक सदस्यको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण

बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–१० मा रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यको निधनपछि बीमा वापतको रकम हस्तान्तरण गरेको छ।
बझाङमा इलेक्ट्रोनिक भुक्तानी प्रणालीबाट तलब दिने पहिलो स्थानीय तह बन्यो मष्टा

बझाङमा इलेक्ट्रोनिक भुक्तानी प्रणालीबाट तलब दिने पहिलो स्थानीय तह बन्यो मष्टा

मष्टा गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरूको तलब भुक्तानी प्रक्रियामा सुधार ल्याउन आधुनिक इलेक्ट्रोनिक भुक्तानी प्रणाली (EFT) लागू गर्ने निर्णय गरेको छ।
युवापुस्तालाई आकर्षित गर्न बझाङमा देउडा सांस्कृतिक कार्यक्रम

युवापुस्तालाई आकर्षित गर्न बझाङमा देउडा सांस्कृतिक कार्यक्रम

बझाङमा देउडा संस्कृतिको प्रवद्र्धन तथा संरक्षणका लागि विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
भर्खरै