नेभिगेशन
सुदूरपश्चिम

बझाङमा गयरातिदेखि पुन: सडक र विद्युत अवरुद्ध

मौसममा बदली भएसँगै बझाङकाे राष्ट्रिय प्रशारण लाइन गयरातिबाट अवरुद्ध भएको छ । डडेल्धुरा आसपास नेपाल विद्युत प्राधिकरणकाे राष्ट्रिय प्रशारण लाइनमा समस्या आएको बझाङ विद्युतले जनाएको छ । लाइनमा के कसरी समस्या आयो भन्ने जानकारी नआएकोले सुचारू गर्न ढिलाइ हुने बझाङ बितरण केन्द्रले जनाएको छ । 

यसैबीच खोड्पे-बझाङ जयपृथ्वी राजमार्ग पनि तीन ठाउँमा पहिरोका कारण अबरुद्ध भएको छ । गयरातिबाट जयपृथ्वी राजमार्ग अन्तर्गत  ३ ठाउँमा पहिरो खसेका कारण अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

उक्त राजमार्ग अन्तर्गत बालुवाटार (सुङगाला) ,जालेबगरस्थित तमैल आसपास र सुबेडामा सडकमाथिबाट पहिरो खस्दा रातिबाट राजमार्ग अबरुद्ध भएको प्रहरीले जनाएको हाे ।

सडक अवरुद्ध हुँदा मुख्य राजमार्गमा वारपार गर्ने ठूलासाना सवारीसाधन ठप्प छन् । विभिन्न ठाउँमा पहिरो खसेकाले जयपृथ्वी नगरपालिका र सडक डिभिजन कार्यालयको गरि दुईवटा मेसिन खटाइएको जिल्ला प्रहरी कार्यालयका डिएसी युवराज भण्डारीले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

आगामी दिनमा बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्छु : वडाध्यक्ष जोशी

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज जोशीले अब बालबालिकाको हकहितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
भर्खरै