नेभिगेशन
खेल

‘आइसिसी’को वरियतामा नेपाल एक स्थान खस्कियो

 अन्तर्राष्टिय क्रिकेट परिषद् (आइसिसीले)ले सार्वजनिक गरेको एकदिवसीय नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ ।

आइसिसीको नयाँ वरियताका अनुसार नेपाल एक स्थान तल झर्दै १७औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १६औँ स्थानमा थियो । क्यानडामा भएको आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा ओमान र क्यानडाविरूद्धको खेलमा नेपाल जितविहीन बनेको थियो ।

नेपालभन्दा तल नामिबिया १८औँ स्थानमा छ भने ओमान १९औँ स्थानमा छ । त्यसैगरी संयुक्त अरब इमिरेट्स (युएई) २०औँ स्थानमा छ । यसैगरी नेपालभन्दा माथि अमेरिका रहेको छ । अमेरिकाले एक स्थान सुधार गर्दै १६औँ स्थानमा उक्लेको हो । क्यानडाले चार स्थान सुधार गर्दै १५औं स्थानमा पुग्यो ।

नयाँ वरियताअनुसार भारत शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया दोस्रो तथा दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । त्यसैगरी पाकिस्तान चौथो, न्यूजील्याण्ड पाँचौँ, श्रीलङ्का छैटौँ, इङ्ग्ल्याण्ड सातौँ, बङ्गलादेश आठौँ, अफगानिस्तान नवौँ र वेस्ट इन्डिज दशाँै स्थानमा छ । स्कटल्यान्ड एघार, आयरल्यान्ड बाह्र, जिम्बाब्बे तेह्र र नेदरल्याण्ड्स चौधौँ स्थानमा छ ।

त्यसैगरी आइसिसीले जारी गरेको ‘अलराउन्डर’तर्फको वरियतामा नेपालका सन्दीप लामिछाने २२ स्थान सुधार गर्दै ४१औँ स्थानमा उक्लिएका छन् । अलराउन्डरतर्फ नै तीव्र गतिका बलर करण केसीले ११ स्थान सुधार गर्दै ७६औँ स्थानमा उक्लिएका छन् । अर्का तीव्र गतिका बलर गुलसन झा १३ स्थान सुधार गर्दै ९१औँ स्थानमा उक्लिएका छन् ।

अलराउन्डर वरियतामा नेपालका दीपेन्द्र सिंह ऐरी ४८औँ, कुशल मल्ल ५१औँ तथा सोमपाल कामी ५३औँ स्थानमा छन् । आइसिसीले जारी गरेको बलिङतर्फको वरियतामा भने सन्दीप ४८औँ स्थानमा यथावत् रहेका छन् । करणले चार स्थान सुधार गर्दै ८७औँ स्थानमा उक्लिएका छन् । ब्याटिङतर्फको वरियतामा आसिफ शेख ११ स्थान तल झर्दै ७९औँ स्थानमा पुगेका छन् । यसैगरी कुशल भुर्तेल चार स्थान तल झर्दै ८०औँ स्थानमा रहेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप खेल
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।
अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

अमेरिकाको घरेलु मैदानमा नेपालको धमाका : पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो

पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक...
एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

एनपीएल : पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेट किपर आन्द्रेस गौस

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।
भर्खरै