नेभिगेशन
समाज

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् । मेलम्चीको मुहान सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको तीन किमि क्षेत्रमा बुधबार प्रदर्शन गर्दै उनीहरूले उक्त चेतावनी दिएका हुन् ।

मेलम्ची विकास समितिले पानी काठमाडौं ल्याउन मुहान क्षेत्रमा तयारी गरिरहेको जानकारी दिएका बेला स्थानीय बाढी प्रभावितले विभिन्न माग राखेर अवरोध गर्ने चेतावनी दिएका हुन् । २०७८ असारमा आएको बाढीले धनजनको ठूलो क्षति भए पनि सरकारले राहत र पुनर्स्थापनामा बेवास्ता गरेको भन्दै स्थानीय अहिले विरोधमा उत्रेका छन् । बाढीले क्षति गर्ने डरका कारण मेलम्चीको सुरुङ गत असार १० गतेदेखि बन्द रहेको छ ।

बाढी प्रभावितले ययअघि पनि माग पूरा गराउन पटक–पटक दबाब दिँदै आएका थिए । पछिल्लो पटक स्थानीय राजनीतिक दलहरूका पालिकास्तरीय प्रमुख तथा प्रतिनिधिहरू एवं स्थानीय संघर्ष समितिले गत भदौ ३० गते संयुक्त विज्ञप्ति प्रकाशन गरी माग पूरा नभए पानी सुरुङमा प्रवेश गराउन नदिने चेतावनी दिएका थिए ।

बुधबार स्थानीयले हेलम्बुको किउलदेखि स्थानीय चनौटे, शेरा, ग्याल्थुम हुँदै तालामाराङ बजारसम्म प्ले कार्डसहित जुलुस प्रदर्शन गरे । जुलसमा सहभागी स्थानीय अगुवा शिवप्रसाद लामिछानेले सरकारले बाढीपीडितलाई बेवास्ता गरेको भन्दै आक्रोश पोखे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप समाज
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै