नेभिगेशन
विदेश

मुख्यमन्त्री केजरीवालको घोषणा– दिल्लीमा सबैलाई दुई महिना निःशुल्क खाद्यान्न

भारत–दिल्लीमा कोरोना भाइरसको महासंकटकाबीच मुख्यमन्त्री अरविन्द केजरीवालले दुई महिना निःशुल्क खाद्यान्न वितरण गर्ने घोषणा गरेका छन्। 

मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै मुख्यमन्त्री केजरीवालले दिल्लीमा राशनकार्ड भएका सबैलाई दुई महिना निःशुल्क राशनको व्यवस्था गर्ने घोषणा गरेका हुन्।

दिल्लीका ७२ लाखसँग राशनकार्ड रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

दिल्लीमा लकडाउन जारी रहँदा केजरीवालले यस्तो घोषणा गरेका हुन्।  उनले रिक्सा चालक, ट्याक्सी चालकलाई पाँच-पाँच हजार रुपैयाँको आर्थिक सहयोग गर्नेसमेत घोषणा गरे। यसबाट करिब डेढ लाख अटो रिक्सा चालकले लाभ लिन पाउने समाचाररुमा जनाइएको छ। 

यसअघि मजदुरको खातमा समेत ५ हजारका दरले सहायता रकम दिइएको थियो। उनले कोरोना संक्रमित मजदूरलाई १० हजार रुपैयाँ दिने घोषणा गरे। 

निशुल्क राशनको व्यवस्थाको मतलब अब दुई महिना लकडाउन हुन्छ भन्ने अर्थको रुपमा नबुझ्न उनले आग्रह गरे। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप विदेश
टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन

टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन

 भारतको प्रतिष्ठित व्यापारिक घराना टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन भएको छ ।
भारतमा  धार्मिक स्नान  गर्दा गर्दै  ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गयो

भारतमा धार्मिक स्नान गर्दा गर्दै ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गयो

पूर्वी भारतमा हिन्दू पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गएको छ ।
पुटिनको आणविक हतियार प्रयोगको धम्कीलाई युरोपेली सङ्घले अस्वीकार गर्‍यो

पुटिनको आणविक हतियार प्रयोगको धम्कीलाई युरोपेली सङ्घले अस्वीकार गर्‍यो

युरोपेली सङ्घ (ईयू) ले युक्रेनले ठूलो हवाई आक्रमण गरेमा आफूले आणविक प्रतिक्रिया दिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको योजनालाई लापरवाहीपूर्ण र गैरजिम्मेवार भन्दै अस्वीकार गरेको छ ।
ऋणमाथि ऋण थप्दै पाकिस्तान, अन्तर्राष्ट्रिय मुद्रा कोषबाट थप ७ अर्ब अमेरिकी डलर लिने

ऋणमाथि ऋण थप्दै पाकिस्तान, अन्तर्राष्ट्रिय मुद्रा कोषबाट थप ७ अर्ब अमेरिकी डलर लिने

 अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) ले पाकिस्तानलाई ७ अर्ब डलर ऋण दिने भएको छ ।
भर्खरै